विप्लवको प्रबासी मोर्चाद्वारा सल्लाहकार संयोजक गिरीमाथि कारबाही

122

काठमाडाैं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको विदेशस्थित जनवर्गीय संगठन नेपाली जनप्रगतिशील मोर्चा कतारले सल्लाहकार संयोजक रमेश गिरीलाई “सुन तस्करहरुको संरक्षक” भन्दै कारबाही गरेको छ।

मोर्चाको मध्यपूर्व समितिले “कतार समितिका सल्लाहकार संयोजक रमेश गिरीबाट सुन तस्करीलाई पालन-पोषण गर्ने भएको” गम्भीर आरोप लगाउँदै संगठनबाट निश्काशन समेत गरेको छ ।

गिरीमाथि संगठनको विधान उल्लङ्घन गर्नुका साथै अनुशासनहीन काम गरेको, गुटबन्दीलाई बढावा दिएको, व्यक्तिगत स्वार्थमा लागेकोजस्ता आरोप पनि लगाइएको छ । नेपाली जनप्रगतिशील मोर्चा  मध्यपूर्व समितिले एक विज्ञप्ति सार्वजनिक गर्दै आफ्नो जिम्मेवारीलाई ख्याल नगर्ने,व्यक्तिगत तथा महत्त्वकाँक्षी योजनामा मात्र लागिपर्ने, नीतिगत योजनाहरुलाई बहिस्कार गर्ने गरेका कारण गिरीलाई कारवाही गर्नुपरेको जानकारी दिएको छ ।

त्यस्तै, गुटवन्दी गरेर मोर्चामा अस्थिरता पैदा गराएको, सांगठनिक गोप्यता तोडेको, आफ्नो जिम्मेवारी पूरा गर्न नसकेको,अनेक बहानावाजी गर्दै आफूलाई चोख्याउने प्रयास मात्र गरेको जस्ता आरोप पनि लगाइएको छ । गिरीले मोर्चाका सदस्यहरुले उठाएको प्रश्नको जवाफ दिनुको साटो विवाद सृजना गरेको,आफू अनुकूलका एकल निर्णयहरु मात्र लागू गर्न खोजेको,मोर्चालाई मनोमानी ढंगले आफ्नै नीतिमा लैजान खोजेको पनि विज्ञप्तिमा बताइएको छ ।

सुन तस्करलाई पालन-पोषण गरेको आरोप लगाइएका गिरीमाथि मोर्चाको चल-अचल सम्पत्तिको खोजी गर्नेलाई निस्कासन गर्ने गरेको विज्ञप्तिमा उल्लेख छ । गिरीकै कारण सातौँ अधिवेशनबाट निर्वाचित उपाध्यक्ष, महासचिव,सचिव र बहुमत सदस्यले बिद्रोह गरेर असन्तुष्ट पक्षलाई मोर्चा गठनको बाटो खोलिदिएको पनि आरोप छ । विज्ञप्तिमा छलफलका लागि बारम्बार आग्रह गर्दा पनि गिरीले अस्वीकार गरेका कारण कारवाही गरिएको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here