काठमाडौं । हालै जापानको राजधानी टोकियोमा सम्पन्न ओलम्पिक खेलमा स्वर्णपदक विजेता घरेलु सफ्टबल टोलीकी एक खेलाडीको स्वर्णपदक जापानको नागोया सहरका मेयरले चपाइदिएका छन् ।
स्वर्णपदक विजेता खेलाडीहरुको सम्मानमा गत हप्ता आयोजित समारोहमा नागोया सहरका मेयर ताकासी कावामुराले स्वर्ण विजेता सफ्टबल टिमकी खेलाडी मिउ गोटोको स्वर्णपदक एक्कासी मुखमा हालेर दाँतले टोके ।
टोक्यो ओलम्पिक आयोजक समितिले भनेको छ, ‘अन्तराष्ट्रिय ओलम्पिक कमिटीको सहयोग र खेलाडी स्वयंको इच्छा अनुसार गोतोको पदक अर्को नयाँ पदकसँग साटिनेछ । यसको खर्च अन्तराष्ट्रिय ओलम्पिक कमिटीले व्यहोर्नेछ ।’
खेलाडीको स्वर्णपदक चपाउने ती जापानी मेयरमाथि सोसल मिडियामा तिव्र आलोचना भएको छ । कोरोना भाइरसको बेवास्ता गर्नुका साथै खेलाडीको उपलब्धीमाथि पनि सम्मान गर्न नसकेको उनीमाथि आरोप लगाइएको छ । गोतोले खेल्ने गरेको रेड टेरियर्स सफ्टबल टिमको प्रायोजक टोयोटा मोटरले पनि ती मेयरको आलोचना गरेको छ ।
एजेन्सीको सहयोगमा