मास्क नलगाइकन पाटन दरबार जान बन्देज

47

ललितपुर । विश्व सम्पदा सूचीमा सूचीकृत ललितपुर महानगरपालिका-१६ स्थित ऐतिहासिक पाटन दरबार परिसरमा बिनामास्क प्रवेश निषेध गरिएको छ।

महानगरपालिकाले दरबार परिसरमा भिड हुने जनाउँदै  मंगलबारदेखि  यस्ताे  व्यवस्था गर्नु परेकाे जनायाे । नगर प्रहरी प्रमुख सीताराम हाछेथुले भने, ‘हामीले पाटन दरबार छिर्ने तीन स्थानमा बिनामास्क प्रवेश निषेधको जनचेतनामूलक बोर्ड राख्नुका साथै गरिब तथा वृद्धवृद्धालाई मास्क र स्यानिटाइजरसमेत वितरण गरिरहेका छौं।’

मास्क नलगाएका व्यक्तिलाई  बोलाएर कोरोनाको ख्याल गर्न र जनस्वास्थ्यका मापदण्ड पालना गर्न सुझाव दिने गरेको उनले जानकारी गराए ।  महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले कोरोना संक्रमणलाई अन्त्य गर्न जनस्वास्थ्यका मापदण्ड पालनामा जोड दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here