-भेष नारायण श्रेष्ठ
दक्षिण एसियाको बिशेष गरेर दुई देश नेपाल, अफगानिस्तान ल्याण्ड लक कन्ट्री हुन ! नेपाल जस्तो पहाडै पहाड भएको देश गएको ५ दशक देखि लगातार युद्ध हुनमा यो विश्व भूगोलको ( central location of Geography) बिच भाग हो ।
ठुला ठुला साम्राज्यहरूको बीचमा अबस्थित रुस, युरोप, अरब, चीन र भारतसंग जोडिएको यो देश यही कारणले दशकौं देखि अफगानिस्तान इतिहासमा अस्थिर रहन गयो । जुन सरकार आएपनि कुनै न कुनै हिसाबले बाहिरी (forgien power) शाम, दाम र तागतले शासन गर्ने यो देश सोभियत संघ रुसले सुरुमा कब्जा गर्नुखोज्नु, बिचमा काजाकिस्तान तुर्किस्तान, अफगानिस्तानसंग जोडिएको यी दुबै देशलाई रुसको हिस्सा भन्ने सोच्ने गर्दथे । रुसले यसैलाई समातेर अफगानहुँदै अरब एसिया भरि ब्यापक व्यापार बिस्तार गर्न चाहन्थ्यो भने अमेरिका पनि त्यही दाउमा थियो । बिचमा असाध्य ठुलो हिन्दुमाउण्टेनकोष अबस्थित दुबैतिर ठुलाठुला पहाडै पहाड वरीपरी माला ग्रालेण्ड हाई wayले घेरिएको देश सन् १९१९ मा अंग्रेजबाट स्वतन्त्र भए पछि ब्रिटेन र सोभियत संघ रुसले बफरजोन अर्थात् कसैले आक्रमण नगर्ने विषयमा सम्झौता गरे ।
त्यसको लगातार लगभग ४० बर्ष राजाहरूले शासन गरे । १९१९ बाट महमत जाहीर शाहले राजाको रूपमा राज्य गरे । बिकासको क्षेत्रमा उल्लेखनीय कामगरेका उनी नेपालमा तत्कालीन महेन्द्र राजाकै शैलिका बिकासको लहर ल्याएको बुझ्ने गरिन्छ । बिभिन्न infrastructures highway स्कुल कलेज बाटाघाटा उद्योग जस्ता इतिहासमै नयां नयां काम गरे । १९५४ मा सिकिस्त परी ईटाली गएको समयमा आफ्नै भाईले दाजुलाई हटाएर महमत राजाको ठाउमा प्रधान मन्त्रीलाई राष्ट्रपति घोषित गरे ।
१९७३ मा उनको बिरोधमा सेनाको सहायताले दाउत खानले सत्ता परिबर्तन गरे । बिस्तारै उनको पनि बिरोध बढ्न थाल्यो । बिरोधको बाबजुद political सामान्य rights दिनथाले । लोकतन्त्रको सुरुवात गर्यो , pepples democrcy या afganishthan(pdpa) 1978 गठन गरेर कम्युनिष्ट पार्टी स्थापित भयो । पछि केही महिनाको आन्दोलनले अफगानिस्तान कम्युनिष्ट राज्य घोषित हुन पुग्यो ।
राजा र सेनाबाट खोसेको सासन भन्दै अहम र घमण्डको बिकास हुन थाल्यो । केही महिनामा आफू आफूमा जुध्न थाले । देश बद्ल्नुको सट्टा बम पट्काउन थाले, खुशिको सट्टा जनतामा निराशा बाँड्न थाले ।
(१) अफगान युद्ध ( कम्युनिष्ट व्यवस्था धर्मसंस्कृति नमान्ने, तर त्यो देशमा काबुली संस्कृतिको निकै महत्व थियो । सयौंबर्देषखि मनाउदै आएको काबुली धर्म संस्कृति, जो सरकार आएपनि मतलब थिएन, तर कम्युनिष्ट सरकारले नष्ट गर्न सुरु गर्यो पछि यसैले ठुलो बिरोध बढायो ।
८८ प्रतिशत गांजा खेती योग्य मुलुक, संसारभरि गाँजा यही देशबाट बाहिरिन्छ भने १२ प्रतिशत खेतीयुक्त जमिन रहेको अफगानिस्तान कम्युनिष्ट सरकारले गाउँगाउँमा खेत बाड्न थाले । किसानहरू यो निणर्य बिल्कुल मान्न तयार भएनन् रक्तपातको स्थिति हुन पुग्यो । कृषक र सरकारबीच ढुंगा हानाहानको स्थिति हुन थाल्यो । यही कारणले एकसाथ सरकारको बिरोधमा नारा घन्कन थाल्यो । अन्तिम अबस्थामा समाधानको उपाय खोज्न अफगान सरकाले बिश्वासिलो मित्रदेश सोभीयत संघ रुस सगं शैनिक सहयोग माग्यो । रुसबाट हात हतियार साधन स्रोत सेना लत्ताकपडा पठायो । रुसी सेनाले शासन गर्न सुरुगर्यो । आफ्नै पार्टी हफाजुना भन्ने कम्युनिष्ट राष्ट्रपतिको गोली हानी हत्या गरे । गांउगांउमा कृषकमाथी गोली चल्न थाल्यो । सारा गाउ शहर कब्जा गर्यो । काबुली संस्कृतीमा दमन बढ्यो । यो घट्नाको दुनिया भरको ३४ मुस्लिम राष्ट्रहरूले एकैसाथ बिरोध गरियो। संयुक्त राष्ट्रसंघले बिरोध गर्यो । धर्मिक मुजाहिद्दिन नारा दिइयो । बिदेशी सेना मान्दैनौं, दुनियाभरका मुस्लिम एक हौं, भन्दै नारा घन्कियो । बिभिन्न देशका धार्मिक मुस्लिम जवानहरू अफगानी स्वतन्त्रताको लागि त्यहाँ पुगेर लड्न सुरु गरे । लिबिया साउदी अरब, टर्की, फ्रान्स, युके आदि देशले यसमा साथ दिए ।
सन १९८९ को दशकमा साउदी अरबको खुंखार धनीका छोरा ओसामा बिन लादेन अफगानिस्तान प्रबेश गरे । धार्मिक मुजाहिद्दिनको तिनवटा हतियारधारी समुह बन्न पुग्यो । पहिलो अलकायदा, दोस्रो तालिबान र तेस्रो अहमत शाह, यी ३ समुहलाई अमेरिकाले दिमागमा डलरमोह बढाउन सुरु गर्न थाल्यो । चाहिएको सहयोग गर्ने बाचा गर्यो , किनकी उ चाहन्थ्यो रुसी सेना त्यहाँबाट लखेटियोस् । सोही अनुसार ती सबै समुहलाई हतियार सप्लाई गर्न थाल्यो । ISI भन्ने यो अमेरिकाको ऐजेण्डा थियो । यो तिन समुह शक्तीशाली बन्दै गए । कयौपटक सोभियत सेनाको आकाशमा उडेको हेलिकप्टर ध्वस्त पार्न सफल भए । यो तिन समुहले सोभियत सेनालाई कमजोर बनाउदै गए । सन् १९८५ मा मिखाएल गोर्वाचोभ रुसको राष्ट्रपति बने र उनले यो निर्णय गरे कि बाहिर बिदेश कुनैपनि सेना नपठाउने । आफ्ने देशको ध्यान दिऔ भन्ने घोषणा गरेर १९८८ मा सारा सेना रुस फर्काए ।
(२) अफगान सिभिल वार सुरुभयो । यो तीन ग्रूप अल्काईदा , तालिबान , र अहमत शाह यिनी सबैसंग हतियार हामी कोही भन्दा कम छैनौ भन्दै आफूआफू लड्न थाले । सन १९९२ देखि ९६ सम्म ४ साल भिषण युद्ध हुन गयो । यी तीन ग्रूपमा बिस्तार बिस्तार तालीबान शक्तिशाली बनेर सबैतिर कब्जा गर्दै गर्यो । ५ बर्ष तालिबानले शासन गर्यो उतरीभाग अहमत शाह ग्रूपले कब्जा गर्यो । तर २००१ मा तालिबानीले अहमत शाहको हत्या गरे । अनि सबैतिर तालिबानले शासन गरे ! (तालिबानको अर्थ हो , तालम अर्थात बिध्यार्थी हो ) यो गूटले लगभग ५ बर्ष शासन गर्यो ! तालिबान सरकारले -एउटा असाघ्य अचम्मको सरिया कानुन लागु गर्यो – यो निकै कडा कानुन थियो । गल्ती गर्नेलाई मार्ने र काट्ने रगतको भोग दिने । यो घटनाको बिश्वले बिरोध गर्यो ! दुनियाँभरको समाचार बन्न गयो । महिलाको पुरै मुख छोप्नु पर्ने , महिला पुरै स्कुल कलेज जान बन्द हुनगयो ! बाहिर जान घुम्न बाहिर गएपनि पिता पति संगमात्र जान पाउने ! सन २००२ मा एउटा सर्भेले एक महिला भएर बाँच्नु सबैभन्दा कठिन देश अफगानिस्थान घोषणा गर्यो ! संसारभरि तालिबान प्रति नकरात्मक संन्देश जान थाल्यो !
अर्को ग्रूप थियो अल्काइदा , तालीबान र अल्काईदाको बिचारधारा फरक देखिन्थियो ! तलिबानले अफगानिस्तान मात्र राज गर्नु चाहान्थियो भने अल्काईदाले बिभिन्न देशमा अतांक फैल्याउन चाहान्थियो ! यसका लिडर थिए ओषामाबिन लादेन । यिनको नेतृत्वमा 9–11–2011 मा अमेरिकाको world trade center मा बम खसालेर ३ तिनहजार सर्बसाधरणको एकै चिहान बनाए !
(३) अमेरिका अफगानवार –
२००१ – १०१४ अमेरिकी राष्ट्रपति जर्ज W boos ले either you with us or aginwst us (अमेरिकाले मेरा साथ आइज कि तलाई छोड्दिन भन्ने घोषणा गरे !) २००२ मा संयुक्त राष्ट्रसंघले हमाईत कार्जुनलाई रास्ट्रपति बनाए तलिबान जग्ल छिरे बिस्तार बिस्तार तालिबान गाउ कब्जा गर्न थाल्यो कुन्दुश शहर कब्जा गर्यो । हजारौं आंतककारी मरे । अमेरिकन हजारौं सेना मरे ! २०११ मा ओसामाबिन लादेन पाकिस्तानको बफरजोनमा हत्या भयो ! अफगानिस्तान केही आंतककारी भागेर सिरियातिर लागेर आंतक मचाउन थाले ! सिया र सुन्नी धार्मिक नाम दिए ।
सिरिया , लिभिया , इरानमा बिशेष युद्घ हुनुमा धैरै कारण मध्य एक अफगानिस्तानको युद्ध पनि मानिन्छ !! कहिले पाकिस्तान कहिले सोभियत संघ कहिले अमेरिकाको साथ पाए भने अहिले चीन र पाकिस्तानको अनौठो संगम बनेको छ !
पूर्ववर्ती राष्ट्रपतिले गरेको सम्झौता कार्यान्वयन गर्दै अमेरिकी राष्ट्रपति जो वाइडेनले आफ्ना सैनिक अमेरिकाबाट फिर्ता लगे । त्यससँगै ८५ हजार सैनिक रहेको तालिवानले अफगानिस्तानमा फेरि कब्जा जमाउन थाल्यो र अन्ततः सत्ता पल्टाउने हैसियत बनाएर काबुल पस्यो । अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता भएसँगै १० दिनयता तालिवान समूहले देशका अधिकांश भाग कब्जामा लिए ! सबै देशको नागरिकको सुरक्षाको चिन्ता सबै देशले गरेको देखिन्छ भने सबै भन्दा समस्या भारतलाई देखिन्छ । चीन र पाकिस्तानको घेराबन्दीमा भारत पर्ने हो कि भन्नेपनि चिन्ता बढेको पाईन्छ !
निष्कर्षमा – अफगानिस्तान झन गृहयुद्धमा फस्ने देखिन्छ भने साउथ एसिया आतकंकारीको अखडा बन्न सक्ने आशंका देखिन्छ ! यो सबै घटनाको सबै दोषी राजनैतिक शासन ब्यवस्था राम्रो संचालन गर्न नसक्नाले हो ! , आफूआफू नमिल्नाले , मिलेर बिकास उन्ाती गर्न नसक्नाले हो ! कम्युनिष्ट ब्यवस्थाको लडाई र कम्युनिष्ट यस्तै हुन् भन्ने देखाउने अमेरिकाको चाहनाले ४५ बर्ष देखि यस्तो दर्दनाक र भयावह अबस्थामा यो देश गुज्रिएको देखिन्छ ! संसारको सबैभन्दा भ्रष्टमुलुक अफगानिस्थान मानिन्छ ! संसारको गरिब अशिक्षा अन्धा अपांग रिफ्यूजी यस्तो दर्दनाक र भयावह अबस्थामा यो देश गुज्रिएको पाईन्छ !!


















