यो हो विश्वको पहिलो वकिल रोबोट

83

काठमाडाैं । के तपाईंकाे अबकाे वकिल रोबोट हाेला ? अचम्म लाग्न सक्छ, अदालतको मुद्दा पनि रोबोटले लड्न सक्छ र ?

तर प्रविधिकाे जमानामा अब न्यायलयमा पनि राेबाेट भित्रिएकाे छ । कानूनी पैरवी गर्न अब वकिलकहाँ धाउनु नपर्ने भएकाे छ ।

आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सफ्टवेयर सिस्टमको सहायतामा कम्प्युटर प्रोग्रामहरुले आफैं सोच्नसक्ने प्रविधिको विकास भइसकेको छ । यस्तो प्रविधिलाई पछिल्लो समय कानून व्यवसायीले समेत प्रयोग गर्न थालेका छन् ।

२४ वर्षीय युवा जोस्वा ब्राउडरले आफूले विकास गरेकाे ‘डु नट पे’ एपलाई विश्वकै पहिलो रोबोट वकिलको रुपमा चिनाएका छन् । याे राेबाेटले प्रयोगकर्तालाई कानूनी कागजात जुटाउन सहयाेग गर्छ ।

बेलायतमा जन्मिएर हाल अमेरिकास्थित क्यालिफोर्नियाको सिलिकन भ्यालीमा व्यवसाय सञ्चालन गरिरहेका ब्राउडरले यो ‘च्याटबोट वकिल’ लाई छोटो समयमै चर्चाको शिखरमा पुर्‍याउन सफल भएका छन् ।

एपमा रहेकाे च्याटबोटलाई आफ्नो समस्या सुनाएपछि यसले कानूनी रुपमा सही र उपयुक्त सल्लाह दिन्छ । उदाहरणका लागि यदि ट्राफिक नियम अथवा पार्किङ सम्बन्धित मुद्दा छ भने यसले कानूनी भाषामा कसरी उपयुक्त सम्बोधन गर्न सकिन्छ भनेर जानकारी दिन्छ ।

मानिसहरुले आफ्नो पक्षको तर्क टाइप गरी तयार पारेको सामग्री कानूनी रुपमा सही नभए रोबोटले सच्याइदिने ब्राडरको दाबी छ । ब्राेडरले आफू १८ वर्षकाे हुँदा नै बेलायतकाे लण्डनमा ‘डु नट पे’ सुरू गरेका थिए ।

‘डु नट पे’ का संस्थापक जोस्वा ब्राउडर

पछि उनले सिलिकन भ्यालीमा बसेर काम गर्न थाले । लामो समयको अनुसन्धानमा सूचना संकलन गरी उनले यो योजना बनाउन सफल भएका हुन् ।

ब्राउडर भन्छन- यदि तपाईंलाई सही-सिधा कुरा भन्नु छ भने यसको प्रयोग गर्दा धेरै समय र पैसा समेत बचत हुनेछ । एउटै डकुमेन्ट पटकपटक सार्नुभन्दा यो काम सफ्टवेयरबाट गर्नसके राम्रो हुने विचारले उनले ‘डु नट पे’ को पहिलो संस्करण २०१५ तिर केही हप्तामै सिर्जना गरेका थिए ।

उनी भन्छन्, ‘यो सिर्जना मैले आफ्नो परिवारलाई प्रभावित गर्न गरेको थिएँ ।’ युरोप र अमेरिकामा यो एप फैलिएपछि धेरैले कानूनीसम्बन्धी विवरण थाहा पाउन यसको प्रयोग गरेका छन् ।

यसका डेड लाख ग्राहक पुगिसकेका छन् । ‘डु नट पे’ ले कानूनी पँहुच बढाएको भन्दै गत वर्ष अमेरिकन बार एसोसियसनबाट पुरस्कृत भएकाे थियाे । यद्यपि यसले उपलब्ध गराउने सुझाव उचित नहुने गरेको आलोचना पनि भएको पाइन्छ ।

साथै कानूनी क्षेत्रमा भित्रिएको यस प्रविधि (रोबोट-वकिल) का कारण मानव-वकिलहरुलाई समेत सघाउ पुगेको विभिन्न अनुसन्धानले उल्लेख गरेका छन् ।

-बीबीसीको सहयोगमा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here