काठमाडाैं । श्रीकृष्ण जन्माष्टमीका दिन परेको आफ्नो नावालक छोराको जन्मदिनका अवसरमा वाग्मती प्रदेशसभाका माननीय सांसद छिरिङ्ग दोर्जे लामा असहाय गाईबाछा संरक्षण स्थल आउनु भै गाईबाछाहरुलाई भोजन गराउनु भएको छ । सो अवसरमा उहाँले प्राणी हितका लागि आफू सधैं अग्रपंक्तिमा उभिएर कार्यगर्ने बताउनु हुँदै असहाय गाईबाछा संरक्षण स्थलका लागि आबश्यक बिजुली बत्ती आफ्नो तर्फबाट उपलब्ध गराउने प्रतिबद्धता समेत ब्यक्त गर्नुभएको छ । सो अवसरमा उहाँले गौप्राणी संरक्षण स्थल परिषरमा अमलाको बिरुवा रोप्दै गाईबाछाको भोजनका लागि रु. २० हजार उपलब्ध गराउनु भएको थियो ।
कार्यक्रममा समाजसेवी अनु प्रसाईं लामाले कृष्ण अष्टमीको पावन अवसरमा गौप्राणीलाई भोजन गराउन पाउनुलाई सौभाग्य मान्दै प्राणीको सेवा उत्कृष्ठ सेवा रहेको बताउनु भयो । अभियानका अध्यक्ष उत्तम पुडासैनीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा काठमाडौं महानगरपालिका वडा नं. ६ का अध्यक्ष दिपेन्द्र लामा र वडा सदस्य जयराम पुडासैनी लगायतका गौसेवा अभियानका अभियन्ताहरुको सहभागिता रहेको थियो ।
स्मरण रहोस असहाय गाईबाछा संरक्षण स्थलमा आजको दिनमा १५० भन्दा ज्यादा असहाय गाईबाछाहरुले आश्रय पाईरहेका छन । सडकमा छाडिएका र जीर्ण, बिरामी भएका र अत्यन्तै साना आकारका गाईबाछाहरुलाई छाना, खाना, उपचार र मायाको प्रत्याभूती दिंदै सडकमा कुनैपनि गाईबाछाले दुर्घटना ब्यहोर्नु नपरोस भन्दै अभियानलाई स्वयंसेवी तवरमा अघि बढाईएको छ ।


















