संसदीय दल गठनका लागि बसेको बैठकले सो जिम्मेवारी अध्यक्ष नेपाललाई

57

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले सरकारमा जाने व्यक्तिहरुको टुङ्गो लगाउने जिम्मेवारी अध्यक्ष माधवकुमार नेपाललाई दिएको छ । संसदीय दल गठनका लागि बसेको बैठकले सो जिम्मेवारी अध्यक्ष नेपाललाई दिएको हो ।

बैठकले प्रतिनिधिसभा, संसदीय दलका नेतामा अध्यक्ष नेपाल र राष्ट्रियसभा संसदीय दलका नेतामा बेदुराम भुसाललाई चयन गरेको छ । बैठकले पाँच सदस्यीय संसदीय दलको विधान बनाउन मस्यौदा कमिटी निर्माण गरेको छ ।

चाँडै मन्त्रिमण्डल पुनर्गठन हुने र त्यसका लागि आवश्यक समयमा निर्णय गरिने सांसद विरोध खतिवडाले बताए । उनका अनुसार सरकारमा पार्टीले पाउने मन्त्रालयको सङ्ख्या र कुन कुन मन्त्रालय भन्ने टुङ्गो सरकारमा सहभागी दलहरुको गठबन्धनले गर्नेछ । उनले भने,“पहिले मन्त्रालय टुङ्गो लागेपछि नै पार्टीले व्यक्ति टुङ्गो लगाउनेछ ।”

केही दिनमै मन्त्रिपरिषद् विस्तार हुने सांसद खतिवडाले जानकारी दिए । पार्टीले सरकारमा सहभागी हुने व्यक्ति छान्दा काम, योग्यता, वरिष्ठता, क्षेत्रीय र लैङ्गिक समावेशितालाई ध्यान दिइने उनको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here