विवेकशील साझा पार्टीका केन्द्रीय संयोजकले पार्टीका अध्यक्षलाई अन्तिम आग्रह

73

हामी दुबैमा इख होला। हामी दुबैमा इच्छाशक्ति पनि होला। हालका लागी आक्रोश पनि होला। तर, यही नेर एउटा प्रश्न आउँछ, हामी ठुलो की पार्टी ? पक्कै पनि मेरो लागी पार्टी ठुलो हो।

रवीन्द्रजी, हामी वैचारिक छलफलकै क्रममा रहँदा र विधान पनि तयार नहुँदै यहाँले विधान र घोषणापत्र विपरीत ‘मार्ग परिवर्तन’ गर्नु भयो। हामी एजेन्डाकै छलफलमा हुँदा यहाँले एकलौटी बैठक बोलाउनुभयो। पुनः दोहोराउँछु, मैले एजेन्डामा यी यी हुनुपर्छ भनेको थिएँ। तर, बैठक नबोलाऔँ भनेको थिइनँ। यहाँले बैठक बोलाएपछि पनि मैले पुनः दुवैले बैठक मिलेर बोलाऔँ भनेर आग्रह गरेँ।   बाध्य भएर मैले तपाईँले प्रयोग गर्नुभएको दफा २०.१० र ६१.३ प्रयोग गरेर बैठक बोलाएँ। त्यसपछि पनि, हिजो यहाँलाई भेटेर पुनः हामी दुवैले बैठक फिर्ता गरौँ र नयाँ समयमा हामी दुबैका सबै एजेन्डा सहित विधान सम्मत बैठक बसौँ भनेर अनुरोध गरेँ। यहाँले मान्नुभएन।

धेरै सदस्यहरू र शुभेच्छुकहरूको आग्रह अनुसार, म फेरी पनि यहाँलाई सम्पूर्ण केन्द्रीय सदस्यज्यूहरूलाई साक्षी राखेर पुनः त्यही प्रस्ताव गर्न चाहन्छु।

रवीन्द्रजी, हामी दुवैले आफ्नो बैठक क्यान्सिल गरौँ। एक हप्ता भित्रमा केन्द्रीय समितिको हामी दुबैका एजेन्डा सहित भौतिक बैठक बसौँ। पारदर्शी छलफल गरौँ।   मैले आफ्नो इगो, आक्रोश, दम्भ, सबै भावना साइडमा राखेर यो प्रस्ताव राखेको हुँ। एकारकालाई देखाइदिने बाटोले हामी सबैलाई पिडा दिने छ। पार्टीलाई पिडा दिनेछ। वैकल्पिक राजनीतिलाई पिडा दिने छ। आशा छ, हामी सबैको आग्रह मान्नुहुनेछ र पार्टीलाई विधान अनुरूप अघि बढाउन सहमतिमा आउनुहुनेछ।

सबै चिन्तित साथीहरूसँग म मागी माग्दै पार्टी बचाउन अपिल गरेका छन्।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here