यस्तै, तीन हजार ९९२ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ३८५ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा एक हजार ८४६ जना कोरोनामुक्त भएका छन् ।
नेपालमा निको हुने दर ९४.१६ प्रतिशत रहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हालसम्म १० हजार ७८६ जना कोरोना सङ्क्रमितको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा थप १६ जनाको मृत्यु भएको छ । सकृय सङ्क्रमित ३३ हजार ९४६ जना रहेका छन् ।
नेपालमा ११ हजार सात सय जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।


















