शेयर काराेबारकाे अन्तिमदिन नेप्से १.६८ % घट्यो

72

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीवार नेप्से परिसूचक १ दशमलव ६८ प्रतिशत घटेर २ हजार ९२६ दशमलव ८९ विन्दुमा झरेको छ ।

यस दिन नेप्से परिसूचक ५० दशमलव १३ अंकले घटेको हो । २ हजार ९७६ दशमलव १८ विन्दुदेखि खुला भएको बिहीवारको बजार २ हजार ९९३ विन्दुसम्म पुगेको थियो । यो दिन नेप्से परिसूचक २ हजार ९१६ विन्दुसम्म झरेको थियो । यस दिन ठूला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इन्डेक्स १ दशमलव ६२ प्रतिशत अर्थात् ८ दशमलव ९० अंकले घटेर ५४१ दशमलव ७७ विन्दुमा झरेको छ ।

बिहीवार रू. ९ अर्ब ५० करोड ५९ लाख ७० हजार बराबरको १ करोड ८१ लाख ९ हजार ९६७ कित्ता शेयर कारोबार भएको छ । २३० ओटा कम्पनीको १ लाख ५ हजार ७७५ पटकको व्यापारमा उक्त रकम बराबरको शेयर कारोबार भएको हो ।

कुल कारोबारमा सर्वाधिक हिस्सा अरुण भ्याली हाइड्रोपावरले ओगटेको छ । उक्त कम्पनीको रू। ५७ करोड ४० लाख १२ हजार बराबरको ८ लाख १० हजार २९९ कित्ता शेयर कारोबार भएको हो ।

सर्वाधिक रकमको कारोबार भएको कम्पनीको शेयरमूल्य यो दिन ४ दशमलव ४१ प्रतिशत अर्थात प्रतिकित्ता रू. ३२ ले घटेर अन्तिम मूल्य रू. ६९४ कायम भएको छ । प्रतिकित्ता रू। ७३० मा खुला भएको कम्पनीको शेयरमूल्य यो दिन न्यूनतम रू. ६७२ देखि अधिकतम रू।.७४४ सम्म पुगेको थियो ।

बिहीवार सानिमा लाईफ इन्स्योरेन्सको शेयरमूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ भने मनकामना स्मार्ट लघुवित्तको ९ दशमलव ९९ प्रतिशतले बढेको छ । पहिलो कारोबार दिन सानिमा लाइफ इन्स्योरेन्सको शेयरमूल्य प्रतिकित्ता रू. ३० दशमलव ९० ले बढेर रू. ३३९ दशमलव ९० कायम भएको हो ।

पहिलो कारोबार दिन उक्त कम्पनीको शेयर कारोबार प्रतिकित्ता रू. ३०९ मा खुला भएको थियो । यस दिन कम्पनीको ४३३ कित्ता शेयर रू। १ लाख ४० हजारमा खरीदविक्री भएको छ ।

यो दिन मनकामना स्मार्ट लघुवित्तको शेयरमूल्य प्रतिकित्ता रू. ४५ दशमलव ७० ले बढेर अन्तिम मूल्य रू. ५०३ पुगेको छ । बिहीवार नारायणी डेभलपमेण्ट बैंकको शेयरमूल्य सर्वाधिक ६ दशमलव ८७ प्रतिशतले घटेको छ । उक्त कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू। ७८ दशमलव ९० ले घटेर अन्तिम मूल्य रू. १ हजार ६९ कायम भएको छ । यस दिन ६ प्रतिशतभन्दा बढी मूल्य घट्ने कम्पनीहरुमा कर्पोरेट डेभलपमेण्ट बैंक र अरुण काबेली पावर पनि रहेको छ ।

कर्पोरेट डेभलपमेण्ट बैंकको ६ दशमलव ४८ प्रतिशत र अरुण काबेली पावरको ६ दशमलव शून्य ९ प्रतिशत शेयरमूल्य घटेको हो । कर्पोरेट डेभलपमेण्ट बैंकको प्रतिकित्ता रू। ६९ ले घटेर अन्तिम मूल्य रू। ९९६ र अरुण काबेली पावरको प्रतिकित्ता रू। ३९ ले घटेर अन्तिम मूल्य रू। ६०१ कायम भएको हो ।

यस दिन कारोबारमा आएका सबै समूहगत परिसूचकहरु घटेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here