कामपा १९ वडा अध्यक्ष शशीलाल श्रेष्ठको निधन

211

काठमाडाैं । काठमाडौं महानगरपालिका वडा नम्बर १९ का अध्यक्ष शशीलाल श्रेष्ठको निधन भएको छ।

काठमाडौंको नर्भिक अस्पतालमा उपचारका क्रममा ६५ वर्षीय श्रेष्ठको बिहीबार निधन भएको हो। उनी क्यान्सरबाट पीडित थिए।

महानगरका प्रशासन विभागले सूचना निकालेर वडाध्यक्ष श्रेष्ठको निधनमा शुक्रबार महानगरपालिकाका सबै कार्यक्रम स्थगित गरिएको र सबै कार्यालयहरू बन्द रहने उल्लेख गरेको छ।

श्रेष्ठको निधनमा महानगरले महानगरभित्र शोक बिदा दिएको छ। श्रेष्ठ २०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवार भई विजयी भएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here