गृह मन्त्रालयबाट बोल्नै नपाउने गरी विज्ञप्ति निकाल्नु आपत्तिजनक : प्रकाशमान सिंह

112

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले गृह मन्त्रालयबाट जारी विज्ञप्ति नागरिकको अभिव्यक्ति स्वतन्त्रताविरोधी भएको टिप्पणी गरेका छन्।

कांग्रेस सिन्धुपाल्चोकले काठमाडौंमा गरेको अन्तर्क्रिया बोल्ने क्रममा नेता स्वतन्त्रताको वकालत गर्नेले यस्ता विषयमा गम्भीर हुनुपर्ने उनले सरकारलाई सुझाव दिए।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहनको विषयमा गृह मन्त्रालयले आइतबार निकालेको विज्ञप्तिप्रति लक्षित गर्दै नेता सिंहले सरकार सच्चिनुपर्ने बताए। ‘सरकारले जनताको दु:खमा साथ दिनुपर्दछ। सँधै जनताको पक्षमा हुनुपर्दछ’ उनले भने, ‘गृह मन्त्रालयबाट बोल्नै नपाउने गरी विज्ञप्ति निकाल्नु आपत्तिजनक छ।’

उनले नेतृत्व ठीक नभएपछि पार्टीले राम्रो गरेर मात्र नहुने समेत टिप्पणी गरे। ‘जितेर जाँदा तपाईंको प्रधानमन्त्री को भनी सोधे। स्वाभाविक रुपमा हामीले आफ्नै पार्टीको सभापतिको नाम लियौं। त्यति सुन्ने बित्तिकै भन्छन्,तपाईंको नेताप्रति विश्वास छैन। त्यस्तो सुन्दा छाँगाबाट खसे जस्तो भयो। नेतृत्व ठीक नभएपछि पार्टीले राम्रो गरेर मात्रै नहुने रहेछ’, सिंहले भने।    समय अनुसार नेतृत्व परिवर्तन लागि सोच्ने बेला भएको उनले कार्यकर्तासँग आग्रह गरे। १३औं महाधिवेशनपछि पार्टी कमजोर हुँदै गएकोले यसको सभापति शेरबहादुर देउवाले लिनुपर्ने उनको भनाइ छ। देउवाले १३औं महाधिवेशनमा विजयी भएसँगै देशमा कम्युनिस्टहरुको वृद्धि भएको सिंहले जनाए ।

विधानले दिएको नियमित समयमा देउवाले आफ्नो भूमिका नदेखाएकोप्रति उनले असन्तुष्टी व्यक्त गरे। महाधिवेशन भएको २ महिनाभित्र गठन गर्नुपर्ने विभाग ४ वर्षपछि मनोनीत गरेको कार्यलाई विरोध गर्दा सभापतिले बोली स्मरण गर्दै सिंहले भने, ‘सभापति जुनै बेला पनि गठन गर्नसक्ने भन्नुभयो। के गर्नसक्छौं भन्नुभयो। के गर्ने त पार्टीको हालत हेर्नुभएकै छ।’  लोकतन्त्र र कांग्रेसको रक्षाका लागि नेतृत्व फेर्नैपने उनको जिकिर थियो। तल्लो तहदेखि उपल्लो तहसम्मको नेतृत्व गर्दै आएकाले सभापतिमा आफ्नो उम्मेद्‌वारी स्वभाविक भएको उनले जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here