पार्टी विभाजनलाई बल पुग्ने कुनै सनाखतमा भाग नलिन आह्वान : पाेखरेल

118

काठमाडौं । नेकपा (एमाले)ले नेकपा (एकीकृत समाजवादी)मा लाग्न अन्य पार्टीका नेता कार्यकर्ताले आफ्ना प्रदेशसभा सदस्य र स्थानीय जनप्रतिनिधिहरुलाई प्रलोभन र धम्की दिएको आरोप लगाएको छ।

आइतबार एक विज्ञप्ति जारी गर्दै पार्टीका महासचिव ईश्वर पोखरेलले नेकपा (एमाले) मा ठूलो विभाजन होस् भन्ने कामनासाथ गरिएको हर्कत पूरा नभएपछि यस्तो कार्य गरिएको जनाए ।

‘विभाजनको लागि जानीजानी अलोकतान्त्रिक अध्यादेश ल्याएर नेकपा (एमाले) मा ठूलो विभाजन होस् भन्ने कामनासाथ गरिएको हर्कत पूरा नभएपछि २१ दिनको समयावधीभित्र एमालेका प्रदेशसभा सदस्य र स्थानीय जनप्रतिनिधिहरुलाई हामीबाट चोइटिएर बनेको पार्टीमा लाग्नको लागि केही अन्य पार्टीका नेता कार्यकर्ताहरुले समेत देशैभर प्रलोभन दिने, धम्क्याउने जस्ता कृयाकलापहरु गरिरहेको विषयमा हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ।

अन्य पार्टीको यो हर्कतले एमालेको विभाजन कसले चाहिरहेको छ भन्ने छर्लङग भएको  भन्दै उनले एमालेका देशैभरका जनप्रतिनिधिहरुलाई फुट र विभाजनको विपक्षा उभिन, अन्य पार्टीको गलत उक्साहटमा नलाग्न र पार्टीको एकताको पक्षमा दृढतापूर्वक उभिएर विभाजनलाई बल पुग्ने कुनै सनाखतमा भाग नलिन आह्वान गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here