कोरोना सङ्क्रमणमुक्त हुने दर ९४.७८ प्रतिशत

105

काठमाडौं । नेपालमा कोरोनाभाइरसका एक हजार ३४७  जना सङ्क्रमित थपिएका छन् । गएको चौबीस घण्टामा आरटीपीसीआर परीक्षण गरिएकोमा एक हजार ३४७ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९४.७८ प्रतिशत  छ । मन्त्रालयले गएको चौबीस घण्टामा दुई हजार १७१ जना कोरोनामुक्त भएको जनाएको छ ।

गएको चौबीस घण्टामा १० जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म दश हजार ८८९ जना सङ्क्रमितले ज्यान गुमाएका छन्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here