नेकपा एमालेद्वारा प्रतिनिधि सभा बैठक अवरुद्ध

119

काठमाडाैं । पार्टीले कारवाही गरेका १४ सांसदमाथिको कारवाही सभामुखले रोकेको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधि सभाको बैठक अवरुद्ध गरेको छ ।

बुधवार प्रतिनिधि सभा बैठकको शुरूमा सभामुख अग्नि सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवेशन आह्वान गरेको पत्र पढेर सुनाएलगत्तै एमाले सांसदले उठेर विरोध जनाएका हुन् ।

त्यसपछि सभामुख सापकोटाले एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराइलाई समय दिए । भट्टराईले एमाले सांसदमाथि गरिएको कारवाही नगरेर पार्टी विभाजनका लागि सभामुख मतियार बनेको आरोप लगाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here