साताको अन्तिम कारोबार अघिल्लो दिनको तुलनामा बजार झिनो अंकले घट्याे

60

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीवार अघिल्लो दिनको तुलनामा बजार झिनो अंकले घटेको छ ।

यो दिन शून्य दशमलव ६२ अंकले  मात्रै बजार घटेको हो । यो दिन कारोबारपछि नेप्से परिसूचकले २ हजार ८७५ दशमलव ९७ विन्दु कायम गरेको छ।  यो दिन कारोबार रकम भने अघिल्लो  दिनको तुलनामा सामान्य बढेको छ। यस दिन २३० ओटा कम्पनीको १ करोड ४४ लाख ७४ हजार ८५५ कित्ता शेयर ७ अर्ब ५ करोड ७ लाख ७० हजार रुपैयाँमा खरीदविक्री भएको छ।

जलविद्युत समूह ६२ र जीवन बीमा समूह ५९ अंकले बढेको छ भने व्यापार र लगानी समूह भने एक अंक मुनि हरियो रहेको छ। यस दिन जलविद्युत् कम्पनीहरुमा लगानीकर्ताको आकर्षण  देखिएको छ।

यो दिन जलविद्युत कम्पनीको शेयर सर्किट लेभलमा कारोबार भएको छ भने अन्य धेरै हाइड्रोपावर कम्पनीको शेयरमूल्य पनि बढेको पाइएको छ । यो दिन जलविद्युत उपसमूहको सूचक सबैभन्दा धेरै अर्थात् १ दशमलव ९१ प्रतिशतले बढेको छ।

त्यसैगरी बैंकिङ २, होटल तथा पर्यटन ३, विकास बैंक १२, फाइनान्स ३६, निर्जीवन बीमा ६, उत्पादन २१, अन्य २२ र माइक्रोफाइनान्स समूह १७ अंकले घटेको छ।

यो दिन हिमालयन पावर पार्टनरको मूल्य १० प्रतिशतले बढेको छ भने सानिमा लाइफ इन्स्योरेन्सको मूल्य ९ दशमलव ९ प्रतिशतले बढ्यो। हालै सूचीकृत उक्त कम्पनीको मूल्य यो दिन प्रतिकित्ता ५४७ रुपैयाँ पुगेको छ।

त्यसैगरी ग्लोबल आइएमई बैंक संस्थापक समूहको मूल्य ९ दशमलव ६ प्रतिशतले बढेको छ। रैराङ हाइड्रोपावरको मूल्य ९ दशमलव २ तथा ग्रीनलाइफ हाइड्रोपावरको मूल्य आठ प्रतिशतले बढेको छ।

यो दिन रिडी हाइड्रोपावरको मूल्य पाँच प्रतिशतले घटेको छ भने आइसिएफसी फाइनान्सको मूल्य चार प्रतिशतले घटेको छ। कारोबारका आधारमा रिडी हाइड्रोपावर अग्रस्थानमा रहेको छ । यो दिन उक्त कम्पनीको ४९ करोड रुपैयाँको शेयर खरीदविक्री भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here