तेह्रथुम पावर कम्पनीको आईपीओमा करिब २३ लाखको हात खाली

65
क्यापिटलका अनुसार योग्य आवेदकहरुमध्ये ७४ हजार ४ सय जनाले १० कित्ताका दरले सेयर पाएका छन्। कम्पनीले भदौ ९ गते देखि १३ गतेसम्म ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता सेयर निष्काशनमा ल्याएको थियो।

कम्पनीले बिक्रीमा ल्याएको कुल सेयरमध्ये २ प्रतिशत कर्मचारीका लागि र ५ प्रतिशत कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको सेयर सर्वसाधारणमा बाँडफाँट गरेको हो।

कम्पनीको आईपीओमा २३ लाख ५५ हजार ४४७ आवेदकबाट कुल २ करोड ७८ हजार ४ सय कित्ता सेयरका लागि आवेदन परेको थियो। सोमध्ये ८ हजार ८२० जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ।

हाल २८ करोड रुपैयाँ चुक्ता पूँजी आईपीओ निष्कासनपछि कम्पनीको ४० करोड रुपैयाँ पुग्नेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here