अनु शाहको ‘देखे जब उनीलाई’ बोलको म्युजिक भिडियो सार्वजनिक

155

काठमाडौं । गीतकार तथा फिल्म निर्मात्री अनु शाहको शब्दमा रहेको ‘देखे जब उनीलाई’ बोलको  म्युजिक भिडियो सार्वजनिक भएको छ।  यस गीतमा स्वर लोकप्रिय गायक जगदीश समालको रहेको छ।  नारायण सुवेदी आभाषले संगीतवद्द गरेको यस गीतमा  फणिन्द्र राईको संगीत संयोजन रहेको छ।

रोमाण्टिक भर्सनको यस गीतको सम्पूर्ण छायांकनअमेरिकामा नै  भएको हो।  म्युजिक भिडियोमा प्रजिना वाग्ले र प्रकाश थापा बीचको अन्स्क्रिन प्रेम र रोमान्स प्रस्तुत गरिएको छ।  जय्सन फोटोग्राफी र बीबी लामिछानेले छायांकन गरेको भिडियोलाई प्रविन श्रेष्ठले सम्पादन गरेका हुन्।  राजन उप्रेतीको निर्देशनमा भिडियो तयार पारिएको हो।

ओएसआर डिजिटलको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो। निर्माण टिमले यस गीतको म्युजिक भिडियोलाई हेरेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here