औषधि ओसारपसार गरेको आरोपमा एक पक्राउ

111

वीरगंज महानगरपालिका-१६ नगवामा इजाजत प्राप्त चिकित्सकको स्वीकृति बिना ना.३ ख १३३५ नम्बरको ट्रकबाट ल्याउँदै गरेको करिब १३ लाख ४८ हजार ७ सय ७६ रुपैयाँ मूल्य बराबरको सोही महानगरपालिका-२ बस्ने ३० वर्षीय सरोज मियाँलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हाे।

उक्त ट्रकमा पोलिबायो २ सय ५० एमएल लेखिएको सिरप औषधि ७ सय ८६ कार्टुन औषधि फेला परेकाे थियाे।

उक्त ट्रकमा शंकास्पद किसिमका औषधिहरू रहेको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उक्त ट्रकलाई जाँच गर्ने क्रममा आयात गर्न आवश्यक पर्ने इजाजत प्राप्त चिकित्सकको स्वीकृति पत्र लिएको नपाइएपश्चात उक्त ट्रक, औषधि र चालक मियाँलाई प्रहरीले पक्राउ गरिएकाे बताइएकाे छ।

मियाँलाई बरामद औषधि सहित आवश्यक कारवाहीको लागि औषधि व्यवस्था विभाग शाखा कार्यालय पर्सा वीरगंज पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here