। सवारी दुर्घटनामा ५ जनाको मृत्यु

44

काठमाडौं । जाजरकोट, नलगाड नगरपालिका-५ ग्रेनीस्थित सडकमा भे.०१ ज ९८७ नम्बरको जिप अनियन्त्रित भई पल्टिएर मंगलबार दिउँसो दुर्घटना हुँदा जिपमा सवार २ जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेहरुमा बारेकोट गाउँपालिका-२ बस्ने ४२ वर्षीय शान्ती रोकाय र जुम्ला गोठीचौर गाउँपालिका-१ मणिसाँघु बस्ने ५५ वर्षीय मंगल महतरा रहेका छन् ।

दुर्घटनामा घाइते भएका बारेकोट गाउँपालिका-१ रामीडाँडा बस्ने १५ वर्षीय रुपक बुढा लगायत ६ जनालाई प्राथामिक अस्पताल दुल्लु जाजरकोट पठाएकोमा ३ जना डिष्‍चार्ज भएका छन् भने ३ जनाको सोही अस्पतालमा उपचार भईरहेको छ । जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बाँके, डुडुवा गाउँपालिका-४ राप्ती पुलस्थित सडकमा भे.१ ख १४८३ नम्बरको बसको झ्यालबाट टाउको बाहिर निकाल्दा टाउको पुलको खम्बामा ठोक्किँदा बसमा सवार गेरुवा गाउँपालिका-१ पाताभार बस्ने १५ वर्षीय आदर्श परियारको मृत्यु भएको छ । पुलको खम्बामा ठोक्किएर गम्भीर घाइते भएका उनको भेरी अस्पताल नेपालगंजमा उपचारको क्रममा मृत्यु
भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

रुपन्देही, बुटवल उपमहानगरपालिका-१३ जितगढीस्थित सडकमा हाल नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही उपमहानगरपालिका-११ मजुवा बस्ने ३० वर्षीय राजु सिंजापतीको मंगलबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको लुम्बिनी प्रदेश अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार
मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।
कञ्चपुर, कृष्णपुर नगरपालिका-५ बालुवा नालास्थित सडकमा म.१ च २८८ नम्बरको एम्बुलेन्सको ठक्करबाट साईकलयात्री सोही नगरपालिका चिनिमिल बस्ने ४५ वर्षीय कृष्ण ऐरको बुधबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढी कैलालीमा उपचारको क्रममा मृत्यु भएको हो । एम्बुलेन्स चालकलाई प्रहरीले
नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here