चीनमा भूकम्प जादा ३ जनाको मृत्यु

99

काठमाडौं । बिहीबार दक्षिण-पश्चिम चीनको सिचुआन प्रान्तको लुझोउ शहर अन्तर्गत लुसियान काउन्टीमा आएको भूकम्पमा परि कम्तिमा तीन जनाको मृत्यु भएको छ भने ८८ जना घाइते भएका छन्।

चीनको सरकारी सञ्चारमाध्यम ग्लोबल टाइम्सले जनाए अनुसार ६ म्याग्निच्युडको भूकम्पको धक्का विहान ४ बजेर ३३ मिनेटमा मापन गरिएको थियो। स्थानीय समय अनुसार बिहीबार मध्याह्न सम्ममा लुसियानमा १ हजार २ सय २१ घर भत्किएका छन् भने ३ हजार २ सय ८५ घरमा आंशिक क्षति पुग्दा एक स्टेशनमा पनि क्षति पुगेको छ।  ७० हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको चिनियाँ सरकारी अधिकारीहरुले जनाएका छन्।

लुसियान काउन्टीको जनसंख्या ७ लाख ७० हजार रहेको २०२०को जनगणनामा उल्लेख गरिएको छ। स्थानीय सञ्चारमाध्यमहरुका अनुसार सिचुआनको प्रान्तीय राजधानी चे‍न्दू र सुइङमा पनि धक्का महसूस गरिएको थियो। सिचुआन प्रान्त सिचुआन भूकम्पीय बेल्टमा स्थित रहेको छ, जो चीनको त्यस क्षेत्रमध्ये एक हो जहाँ भूकम्प आइरहन्छ। २००८मा  वेन्चुआन भूकम्पमा ६० हजार भन्दा धेरै मानिस मारिएका ग्लोबल टाइम्स चाइनाले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here