यार्सागुम्बा लुटपाटमा संलग्न चार पक्राउ

14

काठमाडौं । यार्सागुम्बा लुटपाटमा संलग्न ४ जनालाई पक्राउ गरेको छ । बुढानिलकण्ठ नगरपालिका-१३ चुनिखेल गाम्चाबाट काठमाडौं महानगरपालिका(३२ कोटेश्वर बस्ने जुम्ला सिजा गाउँपालिका ६ घर भएका ४६ वर्षीय हरि रावतको साथबाट अन्दाजी ३ किलोग्राम यार्सागुम्बा लुटपाटमा संलग्न रहेको अभियोगमा ४ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको   हो ।

पक्राउ पर्नेहरुमा काठमाडौं कीर्तिपुर नगरपालिका ३ चौकीटोल बस्ने मकवानपुर सिमपानी नगरपालिका८ घर भएका ३० वर्षीय नवराज सुनुवार र सोही ठाउँ बस्ने २७ वर्षीय बुद्ध राज सुनुवार, काठमाडौं बुढानिलकण्ठ नगरपालिका १३ चुनिखेल बस्ने नुवाकोट काउले घर भएका ४६ वर्षीय कृष्णा सुनार र उनकै श्रीमती ४४ वर्षीया पर्वती सुनार रहेका छन् ।

हरि रावतको साथबाट यार्सागुम्बा लुटपाट भएको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको प्रहरीले लुटपाटमा संलग्न व्यक्तिहरुको खोजी गर्ने क्रममा लुटपाटमा संलग्नमध्ये नवराज र बुद्धराजको कोठाबाट १ किलोग्राम यार्सागुम्बा फेला पारेको हो । थप अनुसन्धानको क्रममा लुटपाटमा संलग्न कृष्णा र पर्वतीलाई समेत प्रहरीले पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here