काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टीको संगठित सदस्यको संख्या ६ लाखबाट बढाएर १० लाख पुर्याउने भएको छ । आगामी पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको माओवादीले संगठित सदस्यता वितरणलाई अभियानकै रूपमा अगाडि बढाउने नीति लिएको छ ।
सांगठानिकरूपमा माओवादी बलियो रहेको बताउँदै उनले पार्टीभित्र कार्यकर्तामा रहेको गुनासो र असन्तुष्टिलाई सम्बोधन गरेर अगाडि बढ्दा पार्टी अझै बलियो भएर आउने दाबी पनि गरे।
माओवादी केन्द्रले वडादेखि केन्द्रीय समितिसम्म सबै तहको नेतृत्व निर्वाचनमार्फत चयन गर्ने निर्णय पनि गरेको छ । पार्टीले वडा, प्रदेश तथा संघीय निर्वाचन क्षेत्र, जिल्ला, प्रदेश र केन्द्रीय समितिसहित सबै कमिटीको नेतृत्व निर्वाचनबाट चुनिएर आउनुपर्ने गरी कार्यविधि बनाएको छ । अब तल्ला कमिटिका सम्मेलन राष्ट्रिय सम्मेलनअघि नै सकिएर नेतृत्व चयन हुनेछ । माओवादीको अहिलेको संगठनात्मक संरचनाअनुसार २ लाख ८५ हजार पदमा निर्वाचनमार्फत नेतृत्व चयन हुनेछ । निर्वाचन कार्यविधिमा पार्टी अध्यक्ष र पदाधिकारीको चयन पनि निर्वाचनबाटै गर्ने उल्लेख छ । नेपाल समाचारपत्र दैनिकबाट














