कर नबुझाउने करदाताको कार्यस्थलमा माइकिङ

100

काठमाडौं । काठमाडौं महानगरपालिकाको राजस्व विभागले घरजग्गा र सम्पत्ति कर नबुझाउने २६ ठूला करदाताको कार्यस्थलमा आज बुधबारदेखि माइकिङ सुरु गर्ने भएको छ।

महानगरले गत असार १६ गते कर तिर्न आउनका लागि ३० दिने सार्वजनिक सूचना जारी गरिएको थियो। सो अवधिमा समेत सम्पर्कमा नआएका करदाताको  कार्यस्थलमै माइकिङ गर्न सुरु गरिएको महानगरले जनाएको छ। माइकिङ गर्दा पनि तोकिएको अवधिमा कर तिर्न नआए घर, पसल र व्यवसायमा शिलबन्दी गरी राजस्व असुली गर्नेसम्बन्धी सूचना टाँस गरिने जनाइएको छ।

करदातालाई पटक पटक कर तिर्न आग्रह गर्दा पनि अटेर गरेकाले यस्तो कार्यशैली अपनाउनु परेको विभागको भनाइ छ।आज पहिलो दिन कान्तिपुर होटल, ब्याट्री कारखाना, नेपाली जामे मस्जिद, ह्वाइट फिल्ड स्कुल, जयनेपाल हललगायत स्थानमा माइकिङ गर्ने विभागको कार्यक्रम रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here