काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी र प्रधान सेनापति प्रभुराम शर्मा बीच भेटवार्ता भएको छ।
प्रधान सेनापति शर्मालाई भेट्न राजदूत यान्छी बुधबार दिउँसो सैनिक मुख्यालय जंगी अड्डा पुगेकी थिइन्।
भेटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ।
‘प्रधानसेनापतिको कार्यकक्षमा भएको भेटवार्तामा द्विपक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो’, निर्देशनालयको विज्ञप्तिमा उल्लेख छ, ‘भेटवार्ताले दुई देशबीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ।’

















