अमेरिकी गायक आर केली यौनहिंसा र मानवतस्करीमा दोषी ठहर

131

अमेरिकी गायक आर केली यौनहिंसा र दुर्व्यवहारका लागि दोषी ठहर भएका छन्। आफ्नो ‘सुपरस्टार स्टाटस’ को प्रयोग महिला तथा बालबालिकालाई यौनदुर्व्यवहारका लागि गरेको पुष्टि भएको हो ।

उनले विगत दुई दशक भन्दा लामो समयदेखि यस्तो गरिरहेको देखिएको हो । नौ महिला तथा दुई पुरुषले आर केलीले गरेको यौनदुर्व्यवहारका घटनाबारे ६ हप्ता लामो सुनुवाईको क्रममा बताएका हुन् ।

सुनुवाईपछि दुई दिनसम्म जुरीले छलफल गरेका थिए । जुरीले आर केली दोषी रहेको ठहर गरेको हो । जुरीले आर केली सबै आरोपमा दोषी रहेको जनाएको हो ।

सजयाको घोषणा आउँदो मे ४ मा हुनेछ र आर केलीले जीवनभर जेलमा बिताउनु पर्ने हुन सक्छ । यौनदुर्व्यवहारका लागि महिला तथा बालबालिका आफूसम्म ल्याउने समूहको आर केली रिङलिडर रहेको जुरीले ठहर गरेको छ ।

‘आइ विलिभ आइ क्यान फ्लाइ’ बोलको गीतका लागि विभिन्न अवार्ड जितेका केलीले बालबालिकाको अश्लिल भिडियो बनाउनका अमेरिकाका विभिन्न राज्यबाट मानव तस्करी गर्ने गरेको तथा उनी अपहरणमा पनि सामेल रहेको पुष्टि भएको हो ।

१३ वर्ष पहिले इलिनोइ राज्यमा भएको सुनुवाईपछि ‘चाइल्ड प्रोनोग्राफी’ को अभियोगबाट मुक्त गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here