च्यासल युथ क्लबमा आबद्ध भए पूर्व राष्ट्रिय कप्तान विराज महर्जन

155

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिग फुटबलको आगामी सिजन राष्ट्रिय फुटबल टोलीका कप्तान विराज महर्जनले च्यासल युथ क्लबबाट खेल्ने भएका छन्।

विराजले यसअघि संकटा, एनआरटी, मनाङ मर्याङ्दी, थ्री स्टार र मछिन्द्र फुटबल क्लबबाट शहिद स्मारक ‘ए’ डिभिजन लिग खेलिसकेका छन् । विराजले मनाङ, थ्री स्टार र मछिन्द्र क्लबबाट लिगको उपाधि जितिसकेका छन् । मनाङ र मछिन्द्रले उपाधि जित्दा विराजले कप्तानी गरेका थिए । उनले सिनियर अन्तर्राष्ट्रिय फुटबलबाट सन्याश लिइसकेका छन्।

२०६४ सालमा शहीद स्मारक ‘सी’ डिभिजन लिगमा छनोट भएको च्यासल युथ २०६६ सालमा ‘बी’ डिभिजन लिगमा उक्लिएको थियो । २०७३ सालमा ‘बी’ डिभिजन लिगको विजेता बन्दै च्यालस युथ क्लब ‘ए’ डिभिजन लिगमा उक्लिएको हो ।  क्लबले आगामी सिजनको शहीद स्मारक ‘ए’ डिभिजन लिगका लागि अन्तर्राष्ट्रिय खेलकुद सामाग्री उत्पादक कम्पनी ‘यूक्यान’सँग ‘किट’ प्रयोजक सम्झैता गरेको छ ।

यूक्यान खेलकुद सामाग्री उत्पादन गर्ने चीनको अन्तर्राष्ट्रिय कम्पनी हो । यस कम्पनीले पछिल्लो ३० वर्षदेखी खेलकुद सामाग्री उत्पादन गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here