युरो विजेता र कोपा विजेताबीच अर्को वर्ष प्रतिस्पर्धा हुने

109

काठमाडौं ।  युरो विजेता र कोपा विजेताबीच अर्को वर्ष प्रतिस्पर्धा हुने भएको छ । युरो इटालीले जितेको थियो भने कोपा अर्जेन्टिनाले जितेको थियो ।

युरोपियन फुटबल यूईएफए र दक्षिण अमेरिकी फुटबल कन्मेबोलले २०२२ को जुनमा दुई महादेशबीचका च्याम्पियनलाई खेलाउने निर्णय गरेका छन् ।

जुनमा प्रतियोगिता गर्ने बताइए पनि तारिख भने तय गरिएको छैन । कन्मेबोल र युईएफएबीच दुई महादेशका विजेताबीच तीन संस्करणसम्म प्रतियोगिता गर्ने सहमति भएको छ ।

इटलीले घरेलु टोली इंग्ल्याण्डलाई पेनाल्टी सूटआउटमा पराजित गर्दा अर्जेन्टिनाले ब्राजिललाई पराजित गर्दै उपाधि जितेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here