काठमाडौं । असोज १५ गते अर्थात् भोलिदेखी माल्दिभ्समा शुरु हुने साफ च्याम्पियनसिप २०२१ अन्तर्गत नेपालको खेल तालिकामा सामान्य परिवर्तन भएको छ ।
यसअघि नेपालले आयोजक माल्दिभ्ससँग उद्घाटन खेल खेल्ने भनिए पनि नयाँ तालिका अनुसार अब उद्घाटन खेलमा श्रीलंका र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ भएको छ । श्रीलंका र बंगलादेशबिचको उद्घाटन खेल नेपाली समयानुसार शुक्रबार दिउँसो ४:३० बजेबाट शुरु हुनेछ ।
नयाँ तालिका अनुसार नेपालले दोस्रो खेलमा आयोजक माल्दिभ्सविरुद्ध खेल्दै प्रतियोगिताको शुरुवात गर्ने भएको छ ।माल्दिभ्सविरुद्धको नेपालको खेल नेपाली समय अनुसार भोली राती ९:४५ बजेबाट शुरु हुनेछ ।
यसैगरी असोज १८ गते दोश्रो खेलमा श्रीलंका र तेश्रो खेल असोज २४ गते भारतसँग खेल्नेछ । यस्तै चौथो तथा अन्तिम खेल असोज २७ गते बंगलादेशसँग खेल्नेछ । सिङ्गल राउण्ड रोबिनको आधारमा हुने च्याम्पियनसिपको लिगका दुई शिर्ष टोलिले असोज ३० गते उपाधिका लागि फाइनल खेल खेल्नेछ ।
साफका लागि छनौट भएका खेलाडीको सूची:
किरण चेम्जोङ (गोलरक्षक), दीप कार्की (गोलरक्षक), विशाल श्रेष्ठ (गोलरक्षक), आशिष लामा, अनन्त तामाङ, अन्जन विष्ट, आयुष घलान, विशाल राई, दिनेश राजवंशी, गौतम श्रेष्ठ, कमल थापा, मनिष डाँगी, नवयुग श्रेष्ठ, नितिन थापा, पुजन उपरकोटी, रोहित चन्द, सन्तोष तामाङ्ग, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनिल बल, सुरज ज्यु ठकुरी र तेज तामाङ्ग


















