काठमाडौं । पूर्वी लिवियामा आएको विनाशकारी बाढीबाट मृत्यु हुनेको संख्या ५ हजार ५ सय पुगेको छ। अन्य ७ हजार बढी घाइते भएको स्थानीय सञ्चारमाध्यमहरुले बताएका छन्।
त्रिपोलीस्थित आपतकालीन सेवाका प्रवक्ता ओसामा अलीले मृतकको यकिन संख्या अझै निर्धारण गर्न नसकिएको र अझै पनि बाढीबाट प्रभावित क्षेत्रहरुबाट शव निकाल्ने काम भइरहेको बताएका छन्।
बाढी प्रभावित क्षेत्रमा करिब १० हजार मानिस बेपत्ता भएको र ३० हजार बढी विस्तापित भएको बताइएको छ। साथै अत्यावश्यक सामग्रीहरुको समेत अभाव हुन थालेको बताइएको छ। भूमध्यसागरीय आँधीपछिको बाढीका कारण पूर्वी लिबियामा ठूलो क्षति भएको छ।


















