काठमाडाैँ । मञ्जुश्री फाइनान्स लिमिटेड र भाटभटेनी सुपर मार्केटको सहकार्यमा बुवाको मुख हेर्ने दिन, हरितालिका तीज र संविधान दिवसको पावन अवसर पारेर यही भाद्र २८ गते देखि आश्विन ३ गते सम्म भाटभटेनी सुपर मार्केटमा एक हजार रुपियाँ भन्दा माथिको विल भुक्तानी गर्दा यस वित्तीय संस्थाको मोवाईल बैंकिङ्ग एप मार्फत विल भुक्तानी गरेमा १५० देखि ३५० रुपैयाँसम्म छुटको व्यवस्था गरिएको छ ।
मञ्जुश्री फाइनान्स लिमिटेड केन्द्रीय कार्यालय, नयाँ बानेश्वर काठमाण्डौंमा रही २६ ओटा शाखा मार्फत नेपाल भरका प्रमुख सहरहरूमा सेवा पुराउँदै आएको छ ।

















