मृत अवस्थामा फेला

45

काठमाडौं । काठमाडौं, गोकर्णेश्‍वर नगरपालिका-१ सुन्दरीजलस्थित निमा तामाङको घरको आँगनमा सोलुखुम्बु घर बताउने ५२ वर्षीय नर बहादुर राई शनिबार मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी काठमाडौं, टोखा नगरपालिका-१० खरिबोटस्थित सत्कार खाजा पसल सञ्चालन गरी बस्ने सुनसरी धरान उपमहानगरपालिका घर भएका ५५ वर्षीय अर्जुन कुमार राई सोही पसलको सटर अगाडि शनिबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी काठमाडौं, दक्षिणकाली नगरपालिका-६ दक्षिणकाली साँस्कृतिक क्षेत्र सुधार समितिको वन जंगलको पानी ट्याङ्की नजिक खोल्सामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ६० वर्षीय पुरूष शनिबार मृत अवस्थामा फेला परेका छन् ।

सिन्धुपाल्चोक, सुनकोशी गाउँपालिका-५ रतनकोट बस्ने ७० वर्षीय टिका बहादुर विश्वकर्मा त्रिपुरासुन्दरी गाउँपालिका-३ तारकेनीस्थित हुन्दुङ खोल्साको किनारमा शनिबार मृत अवस्थामा फेला परेका छन् । दाङ, घोराही उपमहानगरपालिका-१२ डाँडा गाउँ बस्ने ५२ वर्षीय बुद्दिराम चौधरी सोही ठाउँस्थित कुलोको छेउमा शनिबार मृत अवस्थामा फेला परेका छन् ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here