‘बाल दिवसलाई नारामा सीमित नराखौँ’

75
काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले भविष्यका कर्णधार बालबालिकालाई संविधानप्रदत्त हक, अधिकार प्रत्याभूत हुने गरी कार्य गर्न अझ बढी सचेत र सक्रिय हुनुपर्ने आवश्यकता औँल्याउनुभएको छ।

राष्ट्रिय बाल दिवसका अवसरमा शुभकामना दिँदै उहाँले सो आवश्कता औँल्याउनुभएको हो। उहाँले यस दिवसलाई नारा र औपचारिकतामा मात्र सीमित नराखी त्यसको कार्यान्वयनमा जोड दिन सुझाउनुभएको छ।

उहाँले बालबालिकामाथि हुने हिंसा र दुव्र्यहार रोक्ने कार्य सबैको दायित्व र कर्तव्य भएको बोध गराउन यस दिवसले उत्प्रेरणाको काम गर्ने विश्वाससमेत व्यक्त गर्नुभएको छ। उहाँले शुभकामना सन्देशमा संविधानमा भएको व्यवस्था अनुरूप बालबालिकाको शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन तथा व्यक्तित्व विकासका योजना अनिवार्य रूपमा तर्जुमा गरी लागू गर्नुपर्ने उल्लेख गर्नुभएको छ।

सबै स्थानीय तहमा बालकोष स्थापना गरी नेपाल सरकारले तय गरेका कार्य सामाजिकीकरण सेवा, जोखिममा परेका बालबालिकालाई आपत्कालीन राहत सेवा, स्वास्थ्योपचार सहायता आदिमा जोड दिँदै बाल अधिकारको संरक्षण र प्रवर्धनमा सबै दत्तचित्त भएर लाग्नुपर्ने उहाँको भनाइ छ। गाेरखापत्र

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here