साहित्यकार तथा कविहरुको मनोवल उच्च बनाउने उदेश्यले गुणीखोलामा रहेको सहयात्री पाटीप्यालेसमा कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै प्राज्ञ विम्बकवी रमेश श्रेष्ठले कविताहरुले दुखी जनताहरुको पक्षमा बोल्नुपर्ने बताए ।
उनले कविता धेरै प्रकारका हुने बताउदै कविताले परिवर्तनमा जोड दिन आवश्यक रहेको धारणा व्यक्त गरेका थिए । कार्यक्रममा एउटा सत्य कविताका कवी अनन्तकुमार श्रेष्ठ, पुतलीबजार नगरपालिकाका कार्यवहायक मेयर ओमबहादुर खड्का, लक्ष्मी सामुदायीक पुस्तकालयका अध्यक्ष अनन्त मरासिनी, साहित्यकार चिन्तु गिरी, जनसांस्कृतीक महासंघका केन्द्रिय सदस्य शंकर विरही गुरुङ, कविता परिचर्चाकार भुवन क्षेत्री, र साहित्यकार सुवास मल्ल लगायतले कवि श्रेष्ठको कृतिका लागि शुभकामना व्यक्त गरे ।
जनसांस्कृतिक महासंघ स्याङजाका अध्यक्ष कमल प्रसाद ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव वुद्धि परियारले गरेका थिए भने स्वागत मन्तव्य उपाध्यक्ष छविकिरण भट्टराईले राखेका थिए ।
एउटा सत्यका लेखक तथा साहित्यकार कवि श्रेष्ठको कृतिका आधारमा चौथो कृति हो भने कविताका आधारमा दोस्रो कृति रहेको छ । बहुयामीक क्षेत्रमा परिचित श्रेष्ठले सहकारी, पर्यटन र व्यपार व्यवसायी लगायत धेरै क्षेत्रमा सफलता हासिल गरिसकेका छन् ।


















