प्रधान सेनापतिद्वारा U-13 Youth Football Academy को समुद्‍घाटन

141

काठमाडाैं । नेपाली सेना त्रिभुवन आर्मी अफिसर्स क्लब, अखिल नेपाल फुटबल संघ र सैनिक आवासिय महाविद्यालय, भक्तपुर बीच भएको त्रिपक्षीय सम्झौता (MOU) अनुरुप सैनिक आवासिय महाविद्यालय, भक्तपुरमा स्थापना हुने U-13 Youth Football Academy को आज मिति २०७८ आश्विन १९ गते प्रधान सेनापति महारथी  प्रभुराम शर्माद्वारा जंगी अड्‍डामा आयोजित एक कार्यक्रमकाबीच समुद्‍घाटन गर्नु भएको छ ।

जंगी अड्‍डामा कार्यरत रथीवृन्द तथा अधिकृतहरु, नेपाल ओलम्पिक कमिटीका महासचिव, अखिल नेपाल फुटबल संघका अध्यक्ष तथा पदाधिकारीहरु, राष्ट्रिय खेलकुद परिषद्का प्रशासकिय प्रमुख, सैनिक आवासिय महाविद्यालयका प्रतिनिधिहरु तथा संचारकर्मीहरुको उपस्थिती रहेको उक्त कार्यक्रममा अखिल नेपाल फुटबल संघका अध्यक्षद्वारा मन्तव्य राख्नु भएको थियो । उहाँले नेपाली सेनाले नेपालमा फुटबल खेलको प्रतिष्ठा बढाउन तथा नयाँ खेलाडीहरु उत्पादन गर्नको लागि खेलेको भूमिकाको बारेमा मुक्त कण्ठले प्रशंसा समेत गर्नु भएको थियो ।

साेही अवसरमा प्रधान सेनापति महारथी प्रभुराम शर्माले नेपाली सेनाले आफ्नो तर्फबाट राष्ट्रिय खेलकुदको उत्थानमा सदैव सक्दो सहयोग गरी आएको र यसै क्रममा फुटबलको क्षेत्रमा पनि यस्तो सहयोग निरन्तर रहने जनाउँदै सहयोग र सहकार्यका लागि सबैलाई धन्यवाद समेत दिनु भएको थियो। साथै, सोही अवसरमा अखिल नेपाल फुटबल संघद्वारा उपलब्ध गराईएको खेल सामग्रीहरु युथ खेलाडीहरुलाई वितरण गरिएको थियो भने युथ खेलाडीहरुले फुटबल खेल समेत प्रदर्शन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here