शनिबार १० लाख डोज कोभिसिल्ड खोप नेपाल आइपुग्ने

136

काठमाडाैं । कोभिसिल्ड खोपको १० लाख डोज शनिबार नेपाल आइपुग्दै छ।

भारतको खोप उत्पादक कम्पनी सिरम इन्स्टिच्युट अफ इन्डियासँग नेपालले खरिद गरेको खोपमध्ये बाँकी १० लाख डोज आउन लागेको हो।

नेपालले ५ फागुनमा भारतसँग २० लाख डोज खोप खरिदको सम्झौता गरेको थियो। त्यसबेला भारतले आफ्नै देशमा खोप खपत हुने भएकाले नेपाललगायत अन्य देशलाई बिक्री गर्न नसक्ने भन्दै खोप वितरण स्थगित गरेको थियो।

पछिल्लो समय भारतमा कोरोना संक्रमण घट्दै गएको र खोप निर्यात गर्न सक्षम भएकाले स्थगित गरिएका मुलुकमा अब खोप वितरण गर्ने घोषणा गरेको हो। सोही घोषणाबमोजिम नेपालसँग सम्झौता बमोजिमको १० लाख डोज खोप शनिबारसम्म नेपाल आइपुग्ने जनाइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here