काठमाडौं । झापाकाे दमक नगरपालिका-१ बस्ने ३५ वर्षीय जितेन राईको घरमा तास खेलिरहेको अवस्थामा सोही नगरपालिका-८ बस्ने ४६ वर्षीय पुष्पराज लिम्वु लगायत ५ जनालाई
बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । राईको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त
हुनासाथ ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ४० हजार
रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।
भक्तपुरकाे चाँगुनारायण नगरपालिका-४ खोरिया गाउँ बस्ने २१ वर्षीय ईश्वर तामाङको
पुल हाउसमा तास खेलिरहेको अवस्थामा तामाङ लगायत १६ जनालाई बिहीबार राति प्रहरीले
पक्राउ गरेको छ । उक्त पुल हाउसमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ४१ हजार ३ सय ५० रुपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


















