ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

49

 रामपुर- पाल्पाको बगनासकाली गाउँपालिका-२ मा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ।

आज बिहान करिब ७:३० बजेको समयमा स्याङ्जाबाट बुटवलतर्फ जाँदै गरेको ग२ख ३३५ नम्बरको ट्रकले ठक्कर दिँदा बगनासकाली-२ बस्ने ५९ वर्षीय श्यामबहादुर रोकायाको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख ज्ञानप्रसाद ज्ञवालीले जानकारी दिए।

ठक्कर दिने ट्रक र चालकलाई नियन्त्रणमा लिइएको छ। RSS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here