अनेरास्ववियुले ५३४ सदस्यीय केन्द्रीय कमिटीले पायाे पूर्णता

205

काठमाडौं । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले ५३४ सदस्यीय केन्द्रीय कमिटीलाई पूर्णता दिएको छ।

काठमाडौं असोज १ र २ गते भएको राष्ट्रिय भेलाले सुनिता बरालको अध्यक्षतामा कमिटी पुनर्गठन गरेको थियो। आगामी चैत २२ देखि २४ गतेसम्म अखिलको २३औं महाधिवेशन तोकिएको छ।

सोमबार अध्यक्ष सुनिता बरालले जारी गरेको सर्कुलरमा विस्तार गरिएको केन्द्रीय कमिटीमा ३३ जना पदाधिकारी राखिएको छ। अखिलको वरिष्ठ उपाध्यक्षमा आरसी लामिछाने र महासचिवमा समिक बडाल रहेका छन्।