राष्ट्रिय सभामा एमालेले रुपन्देही घटनाप्रति उठायो प्रश्न 

98
एमाले संसदीय दलका नेता खिमलाल भट्टराईले राष्ट्रिय सभामा बोल्दै रुपन्देहीमा सरकारले दमन गरेर सुकुम्वासीमाथि गोली चलाएको आरोप लगाए। ‘रुपन्देहीमा भएको घटना दुखदायी छ, सुकुम्वासी र भूमिहीनको व्यवस्थापन नगरी दशैंको मुखमा गोली प्रहार भएको छ,’ उनले भने, ‘यो दशैंलाई दशा निम्त्याउने काम गृहमन्त्रीले गर्नु भएको छ।’

दशैंको मुखमा चार जनाको हत्या हुनु दुखद् भएको भन्दै उनले १८ जना घाइतेको उपचार र मृतक परिवारलाई तत्काल क्षतिपूर्तिको व्यवस्था गर्न माग गरे। ‘घटनाको भत्र्सना गर्छु। गृहमन्त्रीले आफ्नो जिल्लामा भएको घटना कुन मुखले हिँड्नुहुन्छ?,’ उनले भने, ‘सुकुम्वासी हुन कसैलाई रहर हुन्छ, रहरले कोही सुकुम्वासी हुन्छ र?’

सुकुम्वासी समास्या समाधान आयोग गठन गरेर जग्गा वितरण गर्ने समयमा खारेज गदै सरकारले उनीहरुमाथि दमन गर्ने नीति लिएको आरोप उनले लगाए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here