मितेरी पुलमा क्षति

45

काठमाडौं । छिमेकी देश चीनमा अविरल वर्षाका कारण नेपाल–चीन जोड्ने मितेरी पुलमा क्षति पुर्याएको छ ।

अत्यधिक वर्षाका कारण ३ः१५ बजे रसुवाको गोसाईकुण्ड गा.पा रसुवागढीस्थित जोड्ने मितेरीपुल बगाएको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

त्यस्तै टिमुरेस्थित भन्सार कार्यालयमा बाढी पस्दा कन्टेनर लगायतका सवारीसाधन समेत बगाएको छ ।

ठूलो भौतिक क्षतिको अनुमान गरिए पनि हालसम्म कुनै मानवीय क्षति नभएको प्राधिकरणले जनाएको छ । साथै तल्लो तटीय क्षेत्रमा पर्ने नुवाकोट, धादिङ लगायतका जिल्लाहरुमा सतर्कता अपनाउन आग्रह गरिएको छ ।

त्यसो त त्रिशुली नदीमा आएको भीषण बाढीले खोला किनारमा रहेका संरचनाहरुमा क्षति पुर्याएको छ । बाढीले ठूलाडूला काठ, दाउरा, डोजर, कन्टेनर लगायतका सवारीसाधन समेत बगाएको छ ।

मितेरी पुल नै बगाउँदा अहिलेका लागि चीनसँगको सम्पर्क टुटेको जिल्ला प्रशासन कार्यालय रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले जानकारी गराए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here