महासचिव किरणकाे स्वास्थ्यमा सुधार

40

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव क.मोहन वैद्य (किरण) स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना हुनुभएको छ । लामो समयदेखि दमको रोगबाट पीडित महासचिवलाई असोज ३१ गते बिहान नर्भिक अस्पतालमा भर्ना गरिएको हो । त्यसदिन दिनभरी उहाँलाई आईसियुमा राखेर उपचार गरी स्वास्थ्यमा केही सुधार देखिएपछि डाक्टरको सल्लाहअनुसार २४ घण्टाका लागि अब्जर्भेशनमा राखेर उपचार गरिएको छ ।

उहाँको छातीमा गम्भीर प्रकृतिको समस्या देखिएको छ र हिजो मुटुको इसिजि गर्दा नर्मल देखिएको छ र आज केही मुटुसम्वन्धी जाँच गर्ने भनिएको छ । अन्य छातीको एक्सरे लगायतका परीक्षणमा फोक्सोमा पहिलेभन्दा थप केही समस्या देखिएको छ र त्यसको विस्तृत जाँचपछि समस्या वारे पुरा जानकारी हुने कुरा थाहा भएको छ ।

कार्तिक ७ गतेसम्म उहाँको पहिले जाँच गर्ने डाक्टर विदामा गएकाले उहाँ आएपछि विस्तृत जाँच गरिने कुरा उहाँसंगै अस्पत्तालमा बस्नु भएकी उहाँकी छोरीबाट जानकारी भयो । आज उहाँलाई भेटन आउनेहरुसंग पहिलेजस्तै राम्रोसँग कुरा कानी गर्न सक्नु हुन्छ । अक्सीजन मात्रा राम्रो छ, सेचुरेशन लेवल राम्रो छ , ज्वोरो छैन । अलिकति ल्बड प्रेसर लो छ(६०-११०) ।

खाना खान थालेमा यसमा पनि सुधार हुन्छ भन्ने डाक्टरको सल्लाह छ । आज चेकजाँच गरेर मात्रै थहा हुनेछ कि अस्पत्तालमा अरु केही दिन बसेर उपचार गर्ने वा घरमै आराम गरेर उपचार गरी पछि डाक्टर आएपछि पुरै जाँच गर्ने जनाएकाे छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here