ओलीसँग भएको सम्झौता देउवाबाट कार्यान्वयन प्रयासले गरेको सकारात्मक संकेत

67

-प्रीति रमण

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले ध्वंसात्मक क्रियाकलाप गरेको भन्दै केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले प्रतिबन्ध लगाएको थियो। मन्त्रिपरिषदबाट निर्णय गरेर २८ फागुन २०७५ मा प्रतिबन्ध लगाएपछि उक्त पार्टीविरुद्ध सरकारले कारबाही तीव्र बनाएको थियो । त्यसक्रममा नेकपाका १३ कार्यकर्ताको मृत्यु भएको हो भने झन्डै १५ सय कार्यकर्ता पक्राउ परेका थिए । त्यतिबेला नेकपाको सचिवालयमा रहेका पाँचमध्ये तीन नेता पक्राउ परेका थिए। पक्राउ पर्नेमा प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’, सचिवालय सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ र धमेन्द्र बास्तोला थिए। त्यस्तै, केन्द्रीय सदस्य माइला लामा, भरत बम, बन्धु चन्द, चुडामणि ओली, चन्द्रबहादुर चन्द ‘वीरजंग’ समेत पक्राउ परे।त्यसक्रममा धेरैजनाको ज्यान पनि गएको हो ।

तत्कालीन ओली सरकारले नै विप्लव नेतृत्वको नेकपासँग तीन बुँदे सहमति गरेर प्रतिबन्ध हटायो। त्यसपछि केन्द्रीय सदस्यसहित सबै शीर्ष तहका नेता रिहा भए। तर, ब्यूरो, जिल्ला  र स्थानीय तहका नेता कार्यकर्ता अझै रिहा नभएको भन्दै बिप्लवले असन्तुष्टि ब्यक्त गर्दै आएका थिए ।

शीर्ष नेतालाई राजनीतिक र कानुनी विषय धेरै थाहा हुने भएकाले त्यही ढंगले बयान दिँदा खासै समस्या भएन। तल्लो तहका नेता९कार्यकर्तालाई कानुनी विषय थाहा भएन। कतिपयले बयान दिँदा बिगारेका रहेछन् , त्यही आधारमा कानूनी जटिलता भन्दै ओली सरकारले आफैले गरेको सम्झौता कार्यान्वयनमा बिलम्ब गरेको थियो । प्रहरीले पनि हातहतियार तथा खरखजना सम्बन्धी मुद्दा लगाएको छ। त्यसले समस्या भएको छ।

जेलमा भएका शीर्ष नेता छुट्ने तर, कार्यकर्ता छुट्न नसक्ने भएपछि पार्टीमा नेतृत्वको आलोचना सुरु भएको थियो ।

सरकारसँग तीन बुँदे सहमति गर्दा प्रतिबन्धको अवधिमा ज्यान गुमाएका परिवारलाई क्षतिपूर्ति र राहतका विषयमा समेत नेतृत्वले ध्यान नदिएको भन्दै पार्टीमा शीर्ष नेतृत्वको आलोचना भएको छ। तीन बुँदे सहमति गर्ने क्रममा मृत्यु भएका परिवारलाई क्षतिपूर्ति दिने सहमति गरेको भए अहिलेको अवस्था नआउने त्यस पार्टीका  नेता९कार्यकर्ताको भनाइ छ।

पार्टीमा असन्तुष्टि बढेपछि नेकपाले आफ्ना नेता९कार्यकर्ता रिहाइका लागि दबाव दिन दशैंपछि देशैभर आन्दोलन गर्ने चेतावनी नेकपाले दिएको थियो ।

गत असोज १ देखि ५ गतेसम्म तनहुँको बन्दीपुरमा बसेको केन्द्रीय समिति बैठकले नेता९कार्यकर्ता रिहाईका लागि आन्दोलन गर्ने निर्णय गरेको हो। दशैँपछि सरकारलाई ज्ञापन९पत्र बुझाउनुका साथै आन्दोलनका कार्यक्रम पनि घोषणा गर्हुने निर्णय भएकाले पनि देउवा नेतृत्वको सरकार सम्झौता कार्यान्वयनका लागि सकारात्मक भएको छ ।

जेलमा भएका कार्यकर्ताको मुद्दा जिल्लाबाट फैसला भएको भए उच्च र सर्वोच्च अदालतमा रिट हाल्ने नेकपाको तयारी थियो । आफ्ना नेता९कार्यकर्ता रिहाइका लागि नेकपाले सरकारसँग छलफल पनि गरेको थियो। नेकपा शीर्ष नेताहरुले प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँडसँग छलफल गरेका थिए।

त्यसैगरी नेता९कार्यकर्ता रिहाइको पहल गरिदिन आग्रह गर्दै विभिन्न दलका शीर्ष नेतासँग पनि बिप्लवहरुले भेट गरेका थिए। उनीहरुले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई, केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादवसँग पनि छलफल गरेका थिए। त्यस्तै, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा लगायत नेताहरुसँग पनि छलफल गरेका थिए।

विप्लवले प्रधानमन्त्री, गृहमन्त्रीसहित विभिन्न पार्टीका शीर्ष नेताहरुलाई भेटे पनि उनको माग सुनुवाइ भएको थिएन ।

ओली सरकारले गरेको सहमति देउवा सरकारले कार्यान्वयन गर्ने सम्भावना आंकलन गरिएको थिएन । त्यही कारण नेकपाले सडक आन्दोलन, संवाद र कानुनी बाटो एकसाथ अपनाउन खोजेको देखिन्छ ।

 गृहमन्त्री बालकृष्ण खाँणले विप्लव नेतृत्वको नेकपासँग ओली सरकारले यसअघि गरेको सहमति कार्यान्वयनका लागि पहल सुरु गरेका छन्। खाँणले सहमति कार्यान्वयनका लागि कसरी अगाडि बढ्ने भन्ने विषयमा गत आइतबार कानुन न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडु, सचिव उदयराज सापकोटा, महान्यायाधिवक्ता खम्बबहादुर खाती र गृहसचिव टेकनारायण पाण्डेसँग छलफल गरेको थाहा भएको छ ।

बैठकमा अहिलेसम्म सहमति कार्यान्वयनका लागि भएका काम र अबको कदमका विषयमा छलफल भएको जनाइएको छ। विशेषगरी सहमतिको बुँदा नम्बर तीनमा रहेको नेपाल कम्युनिष्ट पार्टीमाथि लगाइएको प्रतिबन्ध हटाउन, कारागारमा रहेका पार्टीका नेता तथा कार्यकर्ताहरूको रिहाइ र सम्पूर्ण मुद्दाहरू खारेज गर्न सरकार सहमत रहेको विषयमा छलफल भएको थियो। सहमति कार्यान्वयन तर्फ सरकार सकारात्मक पहल तर्फ अग्रसर भएकाले बिप्लव नेकपाबाट अगाडि सारिएको ञबैज्ञानिक समाजबाद वा संसदीय ब्यवस्थाझ बिषयमा जनमत संग्रहको घोषणा गर्ने सम्मको सहमति हुन सके दीर्घकालीन रुपमै द्वन्दको समाधान पनि हुने आशा पलाएको छ । दलका नेताहरुको बुद्धिले काम गरोस् १ शुभकामना गरौं ! -जनधारणा साप्ताहिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here