माकेकाे बैठकबाट ३३ वटा केन्द्रीय विभाग गठन

75

काठमाडौं ।  नेकपा माओवादी केन्द्रले ३४ विभाग र प्रतिष्ठानको नेतृत्व टुंगो लगाएको छ। माओवादीको स्थायी कमिटीको बिहीबार बसेको बैठकले पार्टीको ३३ वटा केन्द्रीय विभाग गठन गरेको हो।

बैठकले लेखा समिति अध्यक्षमा पेशल खतिवडा, निर्वाचन आयोग अध्यक्ष विष्णुपुकार श्रेष्ठ, ज्येष्ठ नागरिक मञ्चमा नन्दकुमार प्रसाईलाई अध्यक्ष बनाएको छ।

बैठकपछि सञ्चारकर्मीसँग बोल्दै प्रवक्ता कृष्णबहादुर महराले विभाग गठन र डिलाराम आचार्यको संयोजकत्वमा १७५ सदस्यीय सम्पर्क समितिको गठन गरेको जनाए । उनले बैठकले ३५ सदस्यीय रहने गरी विभाग गठन गरेको जानकारी पनि दिए। त्यस्तै विभाग बाहेक रामचन्द्र झाको नेतृत्वमा नीति तथा अनुसन्धान प्रतिष्ठान बनाउने निर्णय गरिएको छ।

प्रवक्ता महराका अनुसार स्कूल विभागको संयोजकमा गिरिराजमणि पोखरेल र इन्चार्जमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ रहेका छन्। प्रवक्ता महराले पार्टी सदस्यताको काम ५० प्रतिशत सकिएको बताउँदै अबको एक हप्तामा सदस्यताको काम पूरा हुने जनाए । उनले राष्ट्रिय महाधिवेशनमा ५ देखि ६ लाखसम्म नयाँ पार्टी सदस्य बनाउने लक्ष्य राखेको पनि जनाए ।साथै विभाग प्रमुखहरूमा  अर्थ तथा योजना विभाग– वर्षमान पुन र संगठन विभाग– जनार्दन शर्मा भएका छन्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here