एसको कर्णाली प्रदेश अध्यक्षमा अम्मर बहादुर थापा

118

काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) को कर्णाली प्रदेश अध्यक्षको जिम्मा दैलेखका अम्मर बहादुर थापाले पाएका छन्। पार्टीको शुक्रबार बसेको केन्द्रीय कमिटी वैठकबाट थापालाई कर्णाली प्रदेश अध्यक्षको जिम्मेवारी दिईएको हो।

दैलेखबाट प्रदेश सभा सदस्यमा निर्वाचित थापा गएको वैशाखमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पक्षमा मतदान गर्न फ्लोर क्रस गरेका थिए। त्यसपछि उनीसहित फ्लोर क्रस गरेका चार जनाको सांसद पद गएको छ।

एमालेभित्रको समूहगत विभाजनका क्रममा कर्णालीमा फ्लोर क्रस गरेका सबै नेकपा (एस) मा लागेका छन्।

कर्णाली प्रदेश अध्यक्ष थापा मुख्यमन्त्री शाही नेतृत्वको सरकारमा भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री छन्। उनी हाल सांसद नरहेकाले मन्त्री पदको समयावधि भने केही दिनमा सकिँदै छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here