नुवाकोटको तारकेश्वर–४ का वडाध्यक्ष अधिकारीको निधन

72

काठमाडौं । नुवाकोटको तारकेश्वर गाउँपालिका–४ का वडाध्यक्ष राममणि अधिकारीको निधन भएको छ।

कोरोना संक्रमण भएर काठमाडौँस्थित मनमोहन अस्पतालमा भर्ना भएका ७७ वर्षीय अधिकारीको आइतबार बिहान निधन भएको गाउँपालिकाका अध्यक्ष रमेशबहादुर वस्तीले जानकारी दिए। संक्रमणपछि अवस्था गम्भीर भएसँगै उनलाई अस्पताल भर्ना गरिएको थियो। कोरोनामुक्त भए पनि उनको फोक्सो र कलेजोमा समस्या देखिएको थियो।

नेकपा (एमाले)बाट वडाध्यक्षमा निर्वाचित खनाल साविक बुधसिंह गाविसबाट दुईपटक गाविस अध्यक्षमा निर्वाचित भएका थिए। RSS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here