काठमाडाैं । नेपाल सरकार तथा भारत सरकारबीच सुरक्षा सम्बन्धी विषयमा नियमित रुपमा छलफल गर्ने उद्देश्यका साथ नेपाल-भारत द्विपक्षीय परामर्श समूह सन् २००३ मा गठन भएको थियो । यस समूहको सन् २००३ देखि सन् २०१८ सम्म गरी १३ वटा बैठक सम्पन्न भईसकेको छ । यसै परामर्श समूहको १४ औं बैठक मिति २०७६ चैत्र महिनामा भारतको नयाँ दिल्लीमा आयोजना गर्ने योजना भएकोमा कोभिड-१९ महामारीको कारण उक्त बैठक स्थगित भएको थियो ।
उक्त बैठक यहि मिति २०७८ कार्त्तिक ११ र १२ गते भारतको बेंगलुरुमा संचालन हुने भएकोले नेपालबाट परराष्ट्र मन्त्रालयका सह-सचिवको नेतृत्वमा रक्षा मन्त्रालयको प्रतिनिधि तथा नेपाली सेनाका सदस्यहरु सहितको टोली भोली भारत तर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।
भारतको तर्फबाट पनि Ministry of External Affairs (MEA) को सह-सचिवको नेतृत्वमा रहेको टोलीले भाग लिने उक्त छलफलमा तालिम र क्षमता अभिबृद्धि सम्बन्धि सहयोगका विविध पक्षमा छलफल हुने कार्यसूचि रहेको जानकारी गराइन्छ ।


















