सेयर बजारमा ६९ वटा कम्पनीको मूल्य घट्याे

36

काठमाडाैं । बुधबार सेयर बजारमा ६९ वटा कम्पनीको मूल्य घटेको छ। आज कारोबार भएका कम्पनीहरूमध्ये १११ वटाको मूल्य बढेको छ भने ६९ वटाको कम भएको हो। त्यस्तै ७ कम्पनीको मूल्य स्थिर छ।  मंगलबारको तुलनामा बुधबार कारोबार रकम पनि खास बढेको छैन।  हिजो ६ अर्ब ३१ करोड बढीको सेयर किनबेच भएकामा आज ६ अर्ब ६१ करोड बढीको भएको छ।

आज सेयर बजारको परिसूचक जम्मा १८.०६ अंकले बढेको छ।  योसँगै परिसूचक २७६९ अंक कायम भएको छ।  आज सबभन्दा धेरै मूल्य बढ्ने कम्पनी बेस्ट फाइनान्स हो। यसको मूल्य ८.६८ प्रतिशतले बढेको छ।   त्यस्तै आज सबभन्दा धेरै गुमाउने कम्पनी एभरेस्ट बैंक हो जसको मूल्य ५.२४ प्रतिशत कम भएको छ।

आज धेरै मूल्य घट्ने १० कम्पनीः  एभरेस्ट बैंक राइराङ हाइड्रोपावर, अंखुखोला जलविद्युत सिंगटी हाइड्रो इनर्जी, हिमालयन पावर, सानीमा लार्ज क्याप फन्ड आरम्भ चौतारी लघुवित्त नेसनल हाइड्रोपावर किसान लघुवित्तीय अप्पर तामाकोशी रहेकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here