एमालेको वडा अधिवेशन एकलौटी ढंगले भइरहेको भन्दै भीम रावलकाे ध्यानाकर्षण

153

काठमाडौं । कैलालीलगायत सुदूरपश्चिमका जिल्लामा नेकपा एमालेको वडा अधिवेशन एकलौटी ढंगले भइरहेको भन्दै भीम रावल पक्षले केन्द्रीय कमिटी बैठकमा लिखितरूपमै ध्यानाकर्षण गराएको छ ।

१० बुँदे सहमति सुदूरपश्चिम प्रदेश कमिटीमा कार्यान्वयन नभएको भनेर उपाध्यक्ष रावलले कार्यदल संयोजकबाटै राजीनामा दिइसकेका छन् ।

शुक्रबार सुरू भएको केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्य झपट रावलले मनपरी सदस्यता वितरण गरेर भद्रगोल मच्चाउँदै अधिवेशन भएको जनाएका छन् । रावलले लिखितरूपमा नेतृत्वको ध्यानाकर्षण गराएको जनाए ।

रावलको ध्यानाकर्षणमाथि पछि छलफल हुने जानकारी नेताहरूले गराएका छन् । कैलालीमा आजबाटै वडा कमिटीका अधिवेशन भइरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here