सर्बोच्च अदालतमा ओली तरंग, केपी ओलीको अभिब्यक्ति लगत्तै सर्बोच्चका कर्मचारी युनियनहरु अगाडि बढे !

85

काठमाडौँ / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गर्ने पाँचै जना न्यायाधीशहरुले राजीनामा दिनुपर्नेमा जोड दिएका छन् । ओलीले यस्तो अभिब्यक्ति दिएकै दिन सर्बोच्च अदालतमा नयाँ वातावरण बिकसित भएको छ । सर्बोच्च अदालतका सर्बोच्च अदालतका कर्मचारी युनियनहरुले प्रधानन्यायाधीश र अन्य ईजलाश बहिष्कार गरिरहेका न्यायाधीशहरुलाई भेटेर ज्ञापनपत्र बुझाउँदै जनताका सेवामा अवरोध नगर्न आग्रह गरेका छन् । यो अभियानले प्रधानन्यायाधीश राणालाई सहयोग पुग्ने अनुमान गरिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले तत्काल राजीनामा दिनुपर्ने विषयमा बहस केन्द्रित भइरहँदा  ओलीले देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिने सर्वोच्च अदालतका न्यायाधीशहरु सबैले सामूहिक रुपमा राजीनामा दिन उपयुक्त हुने धारणा राखेका थिए ।

यसैबीच ओलीले सरकार सम्पूर्ण रुपमा असफल भएको दावी समेत गरेका छन् । अध्यक्ष ओलीले नेतृत्व ठिक नभएकाले संसद असफल हुँदै दावी गर्दै सभामुख अग्नीप्रसाद सापकोटाप्रति पनि आक्रोश व्यक्त गरे। उनले संसदको नेतृत्व नै ठिक नभएको दावी समेत गरे।

अध्यक्ष ओलीले भने, ‘सरकार त सम्पूर्ण रुपमा असफल भएको छ ।  अव राज्यका तीनै अंग व्यवस्थापिका संसद अशक्त भईराखेको छ । असफल भएको छ र त्यसको नेतृत्व यस्तो विवादास्पद छ । विवादमा परेकाले राजीनामा दिनुपर्छ भनेर भन्दै हिँडेका छन, तीनै मान्छेहरु विवादमा परेको आफ्नै मान्छे उहाँहरुको किन आफ्नै मान्छे भन्नु प¥यो भने उहाँ निष्पक्ष त हुन सक्नु भएन । अरुको निस्काशनको पत्र तुरुन्त ढोकाबाटै मागेर टाँस्ने, नेकपा एमालेका निश्काशनको पत्र विचाराधिन राखेर निर्वाचन आयोगलाई नेकपा एमालेको विरुद्धको गतिविधि गर्नका लागि सजिलो बनई दिने त्यो काममा त सभामुख संलग्न हुनु भयो । व्यवस्थापिका प्रभावकारी ढंगले अगाडि बढन सकेन । निष्प्रभावी भयो । पक्षपातपूर्ण भयो  । त्यसको नेतृत्व नै ठिक भएन । यस्तो विडम्बनाको स्थिति छ । नेतृत्व ठिक भएन भने त्यसलाई फेर्ने त्यहाँको गणित यस्तो विवेक शुन्य तरिकाले चलिराखेको छ, त्यो गणितको दूरुपयोग भईराखेको छ ।’ लोकतन्त्र र संविधानको रक्षा गर्दै मुलुकलाई समृद्ध बनाउन एमालेले तीन वटै तहको निर्वाचनमा विजयी हुनुपर्ने अवस्था रहेको उल्लेख गर्दै उनले सोही अनुसारको तयारीमा जुट्न पनि सिंगो पार्टी पंक्तिलाई आह्वान गरे।

अध्यक्ष ओलीले भने, ‘अव हामी चुनावतर्फ जाँदैछौं । तीनै तहको निर्वाचनतर्फ । मिति कुन–कुन हुने हो आफ्नो ठाउँमा छ, छोडिदिऊ । जहिले होला चुनाव, हामी चनाव तर्फ जादैछौं । र चुनावमा हामीले देश विग्रन नदिने गरी, संविधानको रक्षा हुनेगरी, लोकतन्त्रको रक्षा हुनेगरी, विकास निर्माणको गति, जो अवरुद्ध गरिएको छ । त्यसलाई फेरी अगाडि बढाउने गरी अस्तव्यस्त बनाइएको राजनीति, लोकतान्त्रिक प्रक्रिया त्यसलाई ठिक ठाउँमा ल्याउने गरी हामीले आगामी निर्वाचनहरुमा परिणाम प्राप्त गर्नु पर्दछ । त्यसमा निम्ति तयारीमा जुटन म आग्रह गर्न चाहन्छु । हाम्रो पार्टीलाई कमजोर पार्न आन्तरिक घुसपैठ देखि, आन्तरिक रुपमा अनेक प्रकारणका खेल हुनेदेखि यस्ता अनेक खेलहरु भए । आन्तरिक रुपमै पार्टी विरोधी विभिन्न प्रकारका व्यक्ति र तत्वहरु सृजना गर्ने र जो सुषुप्त भए, तिनलाई सक्रिय बनाउने र पार्टीलाई चोईटयाउनेसम्मका प्रयासहरु भएनै, कामहरु भए । र एउटा त एमालेका जमान सिद्धियो, एमाले सिद्धियो । पहिले त उनीहरुले केपी ओलीविनाको एमाले भने । केपी ओलीविनाको सरकार भने । केपी ओलीविनाको सरकार त संसदीय गणितको कुरो हो । संसदको गणितमा सधैं विवेककै प्रयोग हुन्छ भन्ने होईन । दलीय व्यवस्थामा दलको ह्वीप प्रयोग हुन्छ । नहुने कुरा त हुँदो रहेछ ।’ अध्यक्ष ओलीले विरोधीहरुलाई खुसी पार्ने खालका कुनै पनि गतिविधि नगर्न पार्टीका नेता, कार्यकर्तालाई सचेत गराएका छन् । उनले एकतावद्ध एमाले मुलुकको आवश्यक्ता भएको र सोही आवश्यक्ता पूरा हुने गरी पार्टीका हरेक नेता, कार्यकर्ताहरुले काम गर्नुपर्ने पनि स्पष्ट पारे। बिभाजनपछिको एमालेका गतिबिधि आक्रामक भैरहँदा नयाँ बनेको नेकपा (एकीकृत समाजबादी ) का गतिबिधि शिथिल बनेको देखिएको छ । नेता भिम रावललाई फकाउन रावल निवास पुगेका माधव नेपालप्रति एमाले पंक्तिको आकर्षण देखिएको छैन । पार्टी बिभाजन गरेको र प्रतिक्रियाबादीलाई सत्ता सुम्पिएको आरोप पनि नेपाल समूहमाथि लागिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here